कालेबुङ, 19 अक्टोबर।
यसपल्ट नगरपालिका चुनाउमा कमान महिलाहरूको हातमा जाने स्पष्ट छ। जुन जुन वार्डबाट अघिबाट नगरपालिका चुनाउ जितिसकेका छन् उनीहरूमा धेरैले यसपल्ट चुनाउ आफ्नो क्षेत्रबाट उठ्न नपाउने देखिएको छ। मुख्यगरी वार्ड न 1 मा मोर्चा नेता प्रवीण रहपाल उठ्ने गरेका थिए भने यसपल्ट त्यहॉं महिला आरक्षण सीट परेको छ। अर्कोतिर पूर्व नगरउपाध्यक्ष बिजय सन्दासको वार्ड पनि महिला आरक्षित छ। मुख्य कुरा बजारवरिपरिका धेरै वार्ड महिला आरक्षित रहेको छ। 30 अक्टोबरको दिन जारी गरिएको नोटिफिकेशन अनुसार कालेबुङ नगरको 23 वटा वार्डमा 14 वटा सीट आरक्षित छन्। वार्ड 17, 21 अनि 22 लाई सेड्युल कास्टको निम्ति आरक्षित छ भने 2, 9 अनि 19 सेड्युल ट्राइबको निम्ति आरक्षित। यसमा महिला पुरुष जो पनि उम्मेद्वार बन्न सक्ने छन्। आठवटा वार्डलाई भने महिलाहरूको निम्ति आरक्षण दिइएको छ। यसमा महिला आरक्षित सीट एससी(सेड्युल कास्ट)को निम्ति छैन तर एसटी(सेड्युल ट्राइब) को निम्ति भने 2 र 19 नम्बर वार्ड सुरक्षित रहेको छ।
महिला आरक्षित तर जेनरलको निम्ति भने 1, 5, 8, 12, 15 अनि 20 नम्बार वार्ड सुरक्षित छ। यसबाट रहेका जम्मै वार्ड र सीट खुल्ला उम्मेद्वारहरूको निम्ति राखिएको छ। मुख्यमुख्य वार्डहरूको सीट महिलाहरूको निम्ति आरक्षित रहेकोले यसपल्ट गोर्खा जनमुक्ति मोर्चाका नारी मोर्चाबीचबाट निक्कै घमासन हुने देखिएको छ।

0 comments: on "नगरपालिका चुनाउः कमान महिलाको हातमा?"
Post a Comment