कालेबुङ, 19 अक्टोबर।
सिक्किममा जन्मिएको अनि कालेबुङमा हुर्किएको वैचारिक मञ्च बसिबिँयालोको शतकीय प्रकरण राष्ट्रियस्तरको रहने भएको छ। शतकीय प्रकरणका प्रचारप्रसार संयोजक मनोज वोगटीले जनाए अनुसार कार्यक्रम 5 अनि 6 नोभेम्बरको दिन कालेबुङको रामकृष्ण रङ्गमञ्चमा सम्पन्न हुनेछ। कुनै मान्यता नपाएको, कुनै पनि औपचारिक पदाधिकारीहरू नरहेको, सरकारी सहुलियत तथा भाषा साहित्यको श्रीवृद्धिका निम्ति स्थापना भएका साहित्य अकादमी लगायत कुनै पनि सरकारी वा गैरसरकारी साहित्यिक संस्था-सङ्गठनहरूको सहयोग र सहभागिताबाट वञ्चित बसिबिँयालो मञ्चले आफ्नै बलबुतामा यसरी दुइदिन व्यापी कार्यक्रम आयोजना गर्ने साहस गरिरहेको पनि तिनले जनाएका छन्। बसिबियॉंलोलाई संस्थापक सदस्य सी.के. श्रेष्ठले सिर्जनशीलहरूको निम्ति गणतान्त्रिक मञ्च रहेको बताए। तिनले सिक्किमका साहित्यानुरागी संस्थापक सदस्यहरूलाई स्मरण गर्दै बसिबियॉंलोले उन्मुक्त विचार राख्ने मञ्चकोरूपमा स्थापित गरिएको जहॉं कुनै पनि औपचारिकता नरहेको बताए। मनोज वोगटीले पहिलोदिन बसिबिँयालो अनि मध्यममार्गको संयुक्त तत्वावधानमा सम्पन्न हुने कार्यक्रममा नेपाली भाषी कवि, कलाकार, नाटककार, सङ्गीत संस्थाहरूद्वारा विभिन्न कार्यक्रम हुने अनि सोही दिन केटीभीले निर्माण गरेको वृत्तचित्रको प्रदर्शन गरिने पनि बताए। तिनले यसैदिन टीएन सुवेदीको बाल कविता संग्रह, हीरा छेत्रीको व्यङ्ग्य संग्रह, शमशेर अलीको कविता संग्रह, शिव छेत्रीको बाल पत्रिका अनि बसिबियॉंलोको स्मारिकाको विमोचन हुने लगायत यसदिन कालेबुङका वरिष्ट सर्जकलाई गाउँबुढाको पदवी पनि प्रदान गरिने बताए। तिनी अनुसार दोस्रो दिन सिक्किम बसिबियॉंलो परिवारले आफ्ना कार्यक्रमहरु प्रस्तुत गर्ने बताउँदै जन्मथलोका सर्जकहरूले पनि कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याइरहेको अनि यसको निम्ति संस्थापक किरण रसाइलीको संयोजकत्वमा सिक्किममा अस्थायी समिति समेत गठन गरिएको पनि बताए। दोस्रो दिनको कार्यक्रममा भद्रेको टोलीले सामुहिक कविता आवृति गर्ने अनि मुख्यरुपले त्यसदिनको आकर्षण भने तेलेगु, मैथिली, बोडो, पञ्जावी, हिन्दी, बङ्गाली अनि भोजपुरी भाषाका देशका विभिन्न प्रान्तका सर्जकहरूले आफ्नै सिर्जना कालेबुङलाई हिन्दी र अंग्रेजीमा सुनाउने रहेको पनि वोगटीले जनाएका छन्। तिनले कार्यक्रमको निम्ति साहित्य एकादमीलाई पनि पत्रचार गरेको बताउँदै अन्तिमदिनको कार्यक्रममा बसिबियॉंलोले संचालन गरेको चिठ्ठा खेलको फलफलको घोषणा हुने अनि दुवै दिनको कार्यक्रममा पुस्तक बिक्रि केन्द्र पनि राखिने जनाएका छन्।

0 comments: on "शतकीय प्रकरणमा बसिबियॉंलोे राष्ट्रियस्तरको कार्यक्रमको तयारी"
Post a Comment