मुख्य समाचार :


मीडिया अनि होप फ्यामिली ट्रष्टबाट शंखे र मन्दिर गाउँका भुइँचालो पीडितहरूलाई सहयोग

कालेबुङ, 19 अक्टोबर।
समय दैनिक लगायत कालेबुङका दैनन्दिनी च्यानलले 24 नम्बर समष्टीको सुदुरवर्ती क्षेत्र शंखे र मन्दिर गाउँका भुइँचालो पीडितहरुको अवस्थाचित्र उजागार गरेपछि अनि उनीहरूको सहयोगको अपील गरिएपछि कालेबुङ नगरवासीहरूले उनीहरूको निम्ति प्रशस्त राहत सामाग्रीहरू प्रदान गरेका थिए। प्रदान गरिएका राहत सामाग्रीहरू शिविरमा पुर्‍याइने काम भएको थियो।
 दाताहरूले केवल राहत सामाग्रीहरू मात्र प्रदान नगरेर आर्थिक सहयोग पनि गरेका थिए। सोही आर्थिक राशि पनि दुइ पीडित क्षेत्रका विद्यार्थीहरूलाई प्रदान गरिएको थियो। समय दैनिकसित सम्बद्ध दैनन्दिनी च्यानलका क्यामेराम्यान मनोज राईको अगुवाईमा गएको टोलीले  मोठ 22 हजार 770 रुपियॉं विद्यार्थीहरूलाई प्रदान गरेको जसमा उच्च कन्या विद्यालयकी आठौं श्रेणीका विद्यार्थी पुजा ठकुरी, पॉंचौं क्षेणीका कमला ठकुरी, एसयुएमआईका आठौं श्रेणीका  राजेन ठकुरी, प्रेम कुमार ठकुरी अनि कुमुदिनीका 12 औं श्रेणीका सन्दिप ठकुरीलाई 2800 सयको दरले राहत राशि प्रदान गरेको थियो भने सिलगढीमा फाइनेन्सियल म्यानेजमेन्ट गरिरहेकी सुजाता ठकुरीलाई 5,970 रुपियॉं प्रदान गरिएको थियो।
 हिजो मनोज राई कै अगुवाईमा गएको सामाजिक संस्था होप फ्यामिली ट्रष्टले रहेको कालेबुङ महिविद्यालयमा एमए गरिरहेकी निरमाया ठकुरीलाई  2800 सय प्रदान गरिएको ट्रष्टका ट्रष्टी किरण छेत्रीले बताएका छन्‌। छेत्री लगायत मनोज राई अनि अन्द्रियास थापा, ट्रष्टका 9 जना विद्यार्थीहरूको टोलीले ट्रष्ट लगायत सहयोगीहरूद्वारा प्रदान गरिएको राशिवाट तीन घरहीन परिवारलाई घर बनाइदिन चरणबद्ध सहयोग पनि शुरु गरेको छ। छेत्रीले भवुनसिंह ठकुरी, शिला ठकुरी अनि कमला राईको परिवारको निम्ति घर बनाइदिने योजना शुरू गरेको छ। यसको निम्ति तीन परिवारलाई 25 वटा गरेर घरको च्यादर(छाना) प्रदान गरिएको छ भने क्रमैले उनीहरूलाई काठ, सिमेन्ट अनि अन्य सरसामान पनि प्रदान गरिनेछ।
'भएर होइन उनीहरुलाई आवश्यक रहेकोले उनीहरूको निम्ति घर बनाइदिने योजना ट्रष्टले गरेको हो' किरण छेत्रीले भने। त्यसदिन नै पीडितहरूको स्वास्थ्य जॉंच पनि गरिएको अनि खाद्य सामाग्री र नयॉं लुगाफाटा पनि प्रदान गरिएको छेत्रीले जनाएका छन्‌।

0 comments: on "मीडिया अनि होप फ्यामिली ट्रष्टबाट शंखे र मन्दिर गाउँका भुइँचालो पीडितहरूलाई सहयोग"