समय संवाददाता
कालेबुङ, 18 अक्टोबर।
कालेबुङ सॉंढे दस माइलस्थित एसएन प्रधानको सात तले भवन विवादको घेरामा परेको छ। भुइँचालोको चपेटमा यो भवन पनि परेपछि यसका वरिपरिका गाउँलेहरूमा असुरक्षाको भावना उत्पन्न भएको छ। भवन ठाउँ-ठाउँमा नै चर्किएकोले कुनै पनि समय ठूलो दुर्घटना हुने आशङ्कामा गाउँलेहरू बॉंचिरहेका छन्। यस्तो दुर्घटनालाई ननिम्त्याउन गाउँलेहरूद्वारा उक्त भवनलाई शीघ्र नै भत्काउनुपर्ने माग सहित नगरपालिका र महकुमा कार्यालयमा उजुरी दर्ता गरेपछि भवनको विवाद छर्किएको हो। मालिकपक्षको भनाइलाई मान्ने हो भने भुइँचालोको कारण भवनलाई आंशिक क्षति मात्र पुगेको छ। जुलोजिकल सर्वे अफ इण्डियाका अभियन्तालाई सर्वेक्षण गराएपछि उक्त भवन सुरक्षित रहेको दाबी भवन मालिक एसएन प्रधानले गरेका छन्। एकातिर भवन असुरक्षित रहेको गाउँलेहरूको दाबी अर्कोतिर भवन सुरक्षित रहेको मालिकपक्षको दाबीबीच जनसाधरण मर्कामा पर्ने स्थिति उत्पन्न भएको छ। किन भने विवादित भवन वरिपरि बस्ने गाउँलेहरूको जम्मा 94 घरपरिवारले हस्ताक्षर गरेको उजुरीपत्र सम्बन्धित विभाग, पुलिस प्रशासन, स्थानीय विधायक, गैरसरकारी संस्था अनि मीडिया केन्द्रहरूमा उचित कार्वाही नभए 20 अक्टोबरको दिन चक्काजाम गर्ने भनेर प्रेषित गरिएको छ। विभागीय जानकारी अनुसार विवादको सुनवाई बुधबार 19 अक्टोबरको दिन हुने छ। तर भवन कतिबेला ढल्ने हो त्यसको त्रासले गाउँलेहरू रातभर जागो बस्नुपर्ने स्थिति पनि उत्पन्न भएको छ। विभागबाट अघिबाट नै भवन भत्काउने निर्देश भए पनि अहिलेसम्म नभत्काइएकोले बाध्य भएर गाउँलेहरूले न्यायको निम्ति सार्वजनिक अपील समेत गरेका छन्।

0 comments: on "चर्केको भवनले चर्कायो विवाद"
Post a Comment