प्रज्ज्वल छेत्री
कालेबुङ, 18 अक्टोबर।
1872 सालमा पश्चिम बङ्गाल रेगुलेसन एक्ट बनिएपछि कालेबुङमा 11 माइल तोपखानास्थित 1975 सालमा रेगुलेटेड मार्केट बनियो। कृषकहरूले उत्पादन गरेको उब्जनीहरूको सही बजार व्यवस्थापन गर्न भनी शुरू गरिएको रेगुलेटेड मार्केट अहिले आएर अव्यवस्थित बनेको छ। मार्केटको निम्ति विल्डिङ बनियो स्टलहरू बनिए केही सालसम्म सुचारू पनि भयो तर अहलेसम्म व्यवस्थित भने हुन सकेन। हाल रेगुलेट मार्केटको निम्ति बनिएको बिल्डिङहरूको अवस्था जीर्ण बन्दै गइरहेको छ।
2005 सालमा स्टलहरू बनाइने कार्य पूर्ण भएर 2006 सालदेखि मार्केट सुचारू हुने विभागीय अधिकारीहरूले त्यसताक बताएको भएपनि मार्केट आजसम्म सुचारू हुन सकेन। मार्केट देखरेख गर्न एउटा कमिटीको अवश्यकता पर्ने भएपनि हाल एकजना विभागीय सचिवले मात्र मार्केट देखरेख गरिरहेका छन्। त्यसो त रेगुलेशन एक्ट अनुसार मार्केट चलाउन कमिटीमा महकुमा अधिकारी चियरमेन, विभागीय अधिकारी सचिव लगायत मजौले कृषक, व्यापारी, समाजससेवक, सम्बन्धित ब्याङ्क प्रबन्धक, प्रगतिशील किसान, पञ्चायत समितिका सचिव अनि जिल्ला सभाधिपति कमिटीमा हुन आवश्यक हुन्छ।
कृषकहरूले उब्जनी गरेको उत्पादनलाई रेगुलेटेड मार्केटमा लगेर करातमा बेचिए कृषकहरूले उत्पादनको सही मूल्य पाउने भएको भएपनि रेगुलेटेड मार्केट नै अव्यवस्थित बनेपछि कृषकहरूले उब्जनी गरेर सुदुर्रवर्ती क्षेत्रका कृषकहरूको उब्जनी कमभन्दा कम दाममा खरिदेहरूले किन्नै गर्छन् अनि कृषकहरूले बगाएको परिश्रमको सही मोल नै हुँदैन। यति मात्र होइन रेगुलेटेड मार्केट व्यवस्थित भएदिएको भए पहाडमा उप्जनी भएको उत्पादनहरूको सही बजार व्यवस्थापन हुनेथियो। तर मार्केटिङ विभाग र किसानको तालमेलको अभावमा आजसम्म सुचारू बन्न नसकेको कालेबुङको रेगुलेटेड मार्केटले यसपल्ट कालेबुङ भ्रमणअवधी बङ्गालका कृषि व्यवसाय मन्त्री अरूप रोयबाट व्यवस्थित गरिने अनि वेरोजगारहरूलाई मार्केटमा रोजगारको अवसर प्रदान गर्ने आश्वासन पाएको छ। मन्त्रीले कालेबुङबासीलाई रेगुलेटेड मार्केट व्यवस्थित गरिदिन्छु भनिदिएको आश्वासन पूरा गर्छन् गर्दैनन् यो भविष्यले बताउने भएपनि कृषकहरू भने मन्त्रीको आश्वासनमा आश्वस्त भइ बसेका छन्। केही वर्षअधि रेगुलेटेड मार्केटमा कार्यरत दशजना कर्मचारीहरूलाई बोर्डको निर्णय बिनै त्यसै निकालिएको थाहा लागेको छ। मार्केट सुचारू बने निकालिएका दशजनाले फेरि नोकरी पाउँछन् पाउँदैनन् उनीहरू पनि प्रतिक्षा सॉंचिरहेका छन्।

0 comments: on "मन्त्रीको आश्वासन कहिने पुरा हुने? पर्खिरहेको कालेबुङको रेगुलेटेड मार्केट"
Post a Comment