मनोज वोगटी
कालेबुङ,26 अगस्त।
कालेबुङ स्टोभ बम विस्फोटकाण्डमा पक्रा परेका छेत्रे सुब्बाको छोरा सन्तोष सुब्बाको आज पनि जमानत हुन सकेन। सन्तोषविरूद्ध दर्ता भएको पॉंचवटा मुद्दाहरूमध्येे तीनवटा गैर जमानती मुद्दा भएकोले आज कालेबुङ कोर्टले तिनकोे जमानत रद्द गरिदियो। सन्तोषलाई फेरि 15 दिनको निम्ति संशोधनगृहमा पठाइएको छ। आगामी 9 सितम्बरको दिन पुनः तिनलाई न्यायलयमा उभ्याइनेछ। सन्तोषका अधिवक्ताले बताए अनुसार सन्तोषले अहिलेनै जनामत पाउने सम्भावना थोरै छ। सन्तोषको जमानतको निम्ति अर्जी चढाइएको भए पनि न्यालयले जमानत नदिएको अधिवक्ताले बताएका छन्। यता सन्तोष सुब्बाले मामिलाबारे केही बताउन चाहेनन्। यद्धपि तिनले मीडियालाई आफ्नो टिप्पणी राख्न लिखित वयान ल्याएका थिए, तर कानूनी असुविधा अनि अधिवक्ताको परामर्शको कारण तिनले लेखौट मीडियालाई दिन सकेनन्। तिनले आफ्नोबारे भन्दा धेर आफ्नो पिताको चिन्ता गरेको पनि देखियो।
सन्तोषलेे पिताको उन्मुक्तिलाई लिएर परिवार आशावादी रहेको बताए। 30 अगस्तको दिन छत्रे सुब्बाहरूको सुनवाई छ। कानूनीरूपले 30 तारिक पनि छत्रेहरूको उन्मुक्ति सम्भव नरहेको बन्दी मुक्ति कमिटीले अघिबाट नै बताइसकेको छ। जबसम्म छत्रे सुब्बाहरूलाई राजनैतिक बन्दीको मर्यादा दिँदैन तबसम्म उनीहरूको उन्मुक्ति हुनसक्ने सम्भावना थोेरै छ। सन्तोषले भने, हामी आशावादी छौं कि बाबा अनि उनका साथीहरूलार्ई यसपल्ट मुक्त गरिनेछ। तिनले यसदिन परिवार पक्षपनि न्यालयमा पुग्ने जनाएका छन्। यहॉंको मोटर स्ट्याण्डमा गत 26 जुलाईको विहान उत्तर बङ्गाल परिवहन निगमको बसलाई स्टोफ बमले उड़ाउने प्रयास गरिएको थियो। त्यसको लगत्तैपछि यूएलए नामक भूमिगत भनिने सङ्गठनले घटनाको जिम्मेवारी लिएपछि प्रशासनको टाउको दुखाइ शुरू भएको थियो। त्यसै समयदेखि प्रशासनले घटनालाई सजिलोसित लिएन। फोरेन्सिक दल, सीआइडी अनि पुलिस प्रशासनका उच्च अधिकारीहरूसमेत घटनास्थलमा आएर निरीक्षण गरिसकेका छन्। छानबिनपछि नै 31 जुलाईको दिन रेली रोड़बाट सन्तोषलाई पक्राउ गरिएको थियो। पुलिस सूत्रद्वारा पाइएको जानकारी अनुसार सन्तोषलाई युएलएको चीफ एम.थेगिमको शंका गरेर पक्राउ गरिएको हो। पुलिससूत्रले सन्तोषबाट मोबाइल सीम पनि प्राप्त गरेको अघिबाट नै छनक दिइसकेको छ। के शंका गरिएको छ भने सन्तोषबाट प्राप्त गरिएको सीम एम. थेगिमले प्रयोग गर्ने सीम हो। तर यस मामिलामा पुलिस प्रशासनले खुलेर अहिलेसम्म केही बताएको छैन।
27 जुलाईको अघिल्लो दिन स्टोभ बम पड्किनु अनि घटनाको जिम्मेवार युएलएले लिनु अनि युएलएले जीटीएको विरोध गर्दै सार्वभौम राष्ट्रको दाबी गर्नुले मामिलाले गम्भीररूप लिएको थियो।
0 comments: on "सन्तोषको जमानत रद्द छत्रेहरूको मुक्ति हुने आशामा परिवार"
Post a Comment