मनोज वोगटी
कालेबुङ,26 अगस्त।
ठगारहरूकोे केन्द्र बनेको कालेबुङमा फेरि एउटा ठग काण्ड प्रकाशमा आएको छ। भर्खर नै मार्केटिङ कम्पनीहरूले लाखौं रुपियॉं कालेबुङबासीबाट ठगेका थिए। अहिलेसम्म नै करोडौ रुपियॉं कालेबुङबाट ठगेर चम्पट हानेको अनगन्ती घटनाहरू देखिएको छ भने त्यसमा नै जमीन दिने बहानामा लाखौं रुपियॉं ठगेको नयॉं घटना जोडिएको छ। सालुगढामा आफ्नो जमीन रहेको अनि त्यहॉं जमीन किन्न चहानेहरू बटुलेर लाखौं रुपियॉं उठाएर एक ठगार चम्पट हानेको कुरा जमीन किन्न रुपियॉं दिनेहरूले त्यसबेला मात्र थाहा पाए जति बेला बसिरहेको घरबाट परिवारसितै ठगार हराए। पाल्देन खान नाम गरेका व्यक्ति मुर्गीहट्टामा एकवर्षदेखि बस्दै आइरहेका थिए, त्यस अघि तिनी कालेबुङमा नै तर अन्यत्र बस्ने गर्थे। सालुगढाका पाल्देन खानको आमा, स्वास्नी अनि तीन सन्तान पनि सँगै बस्थे।
कुनै काम नगर्ने खानले मुर्गीहट्टाका तीनजना व्यक्तिलाई सालुगढामा आफ्नो जमीन रहेको अनि पैसाको खॉंचोको कारण बेच्न चाहेको बताए। नारद विश्वकर्मा, राधेश्याम शर्मा अनि गौतम रामलाई जमीन किन्नमा सहमतिमा ल्याएपछि उनीहरूलाई पाल्देन खानले सालुगढा जमीन देखाउन पनि लगे। सबैले जमीन पनि हेरे अनि जमीन किन्न पक्कापक्की भयो। कागजपत्र पनि बनाइयो, यसको निम्ति अधिवक्ता पनि खानले नै ठीक पारेका थिए। नारदको 60 हजार, राधेश्यामको 60 हजार अनि गौतमको 1 लाख 30 हजार पाल्देन खानले लगे। तर अचानक तिनी बस्दै गरेको भाडाको घरबाट अन्यत्र सर्ने भनेर निस्किए। त्यसबेला सोही जमीनको निम्ति अन्य दुइजनाबाट पनि पाल्देन खानले मोठ 1 लाख 70 हजार लगेको थाहा पाएपछि खानको खोजी शुरू भयो। तर खानले त्यसबेलासम्म कालेबुङबाट चम्पट हानिसकेका थिए।
मोठ छ जनाको गरी 6 लाख उठाएर खानले सुइटाप कसिसकेका थिए। नारद विश्वकर्माले भने,हामी सालुगढा गयौं र सोधखोज गर्यौं। त्यसबेला पो थाहा लाग्यो जुन जमीन हामीले किनेका थियौं त्यो खानको थिएन। अझ के पनि थाहा पायौं भने हाम्रो कागजपत्र बनाउने अधिवक्ता पनि नक्कली रहेछन्। हामीलाई जमीन देखाउन जॉंदा त्यहॉं विल्डिङ बनिरहेको थियो, काम गर्नेलाई सोद्दा खानको घर भन्थे। त्यो पनि होइन रहेछ। खानको विल्डिङ भन्ने काम गर्ने केटो पनि नक्कली रहेछन्। त्यसैबेला तिनले आफ्नो दाजुको घर भनेर एक व्यक्तिको लगेका थिए, त्यहॉं खोज्दा तिनको दाजु पनि नक्कली रहेछन्। जमीनदेखि लिएर सबै नक्कली रहेको थाहा पाएपछि हामीले ठगिएको पत्तो पायौं।
पाल्देन खान सबैसित मिल्ने अनि राम्रो स्वभाव रहेकोले तिनी ठग होलान भनेर कसैले पनि सोंचेका थिएनन्। अर्कोतिर तिनी परिवारसित बस्थे। नानीहरू अनि आमा र स्वास्नी समेत रहेकोले कानले यसरी ठग्ला भनेर कसैले सोंचेनन्। खानले सबैलाई सालुगढामा मोठ 13 कट्ठा जमीन रहेको बताएका थिए। नारदले भने, हामीलाई देखाएको जमीन अरुकै रहेछन्। कागजपत्र पनि नक्कली बनाइएको रहेछ।
ठगिनेहरूले बताए अनुसार खान लरतरो ठगार होइनन्। जुन नेटवर्क तीनले 6 लाख ठग्ने कार्यमा दखाएका छन्, यसले खानले जमीन बेच्ने मामिलामा केवल यी छ जनालाई मात्र ठगेको होइन, अरू धेरैलाई यसरी नै ठगेको हुनुपर्ने अनि तिनले कालेबुङबाट लाखौं ठगेको हुनसक्ने सबैले अनुमान लगाइरहेका छन्। जमीनदेखि, कागजसम्म अनि अधिवक्तादेखि आफन्तसम्म नै नक्कली रहनुले ठगारहरूको नेटवर्क नक्कै ठूलो रहेको हुनसक्ने कुरालाई इङ्गित गरेको छ। ठगिनेहरूले अहिले खानलाई खोेज्ने क्रम जारी राखेका छन् भने थानामा प्राथमिकी दर्ता गरिहालेका छैनन्। खान कालेबुङबाट परिवारसहित हराएको पॉंचदिन पुगिसकेको छ भने ठगिनेहरुले कतै भेटिन्छ कि भनेर आशा गर्दै खोजिरहेका छन्। नारद विश्वकर्माले बताए अनुसार पहिले खानलेे आफूलाई डीआईबीको मान्छेे रहेको बताउँथे तर डीआईबी पनि नरहेको पत्तो पाइएको छ।
0 comments: on "जमीन दिलाउने भनेर लाखौं रुपियॉं ठग्ने खान चम्पट"
Post a Comment