मुख्य समाचार :


दिल्लीका गोर्खाहरूलाई जीटीएमा फाइदा छ-विश्व



मनोज वोगटी कालेबुङ, 12 अगस्त।
गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको आन्दोलनलाई थन्काएर जीटीए थाप्ने भएपछि पहिलोपल्ट नै दिल्लीका मोर्चा शाखाहरूले त्यसको विरोध गरेको थियो। त्यसबेला भारतभरिका गोर्खाहरूको चिन्हारी जीटीएले नबन्ने अनि छुट्टैराज्य नै हुनुपर्ने उनीहरूको दाबी थियो। दिल्लीका गोर्खाहरूले जीटीएको विरोध गरेपछि राजनैतिक खेमामा निक्कै बहसपूर्ण वातावरण बनाएको थियो।

त्यसपछि डुवर्सका मोर्चा नेताहरूले पनि जीटीएको विरोध गरेको थियो भने मोर्चा बाहिर रहेको सङ्गठनहरूले पनि व्यापक विरोध थियो। जे नै भए पनि मोर्चाले जीटीएमा हस्ताक्षर गरेर नै छोड्यो।

दिल्लीबाट पार्टी नेताहरूसित भेटघाट गर्न आएका दिल्लीका अशोक विश्वले आज संवाद माध्यमलाई सम्बोधन गर्दै भने, त्यसबेला विषयको जानकारी नभएका केही व्यक्तिहरूले विरोध गरेका थिए। तर उनीहरूले पनि कुरा बुझे। जीटीएले पहाड़लाई फाइदा पुग्छ। हामी दिल्लीका गोर्खाहरूलाई पनि जीटीएमा गोर्खाल्याण्ड शब्द जोड़िएकोले फाइदा नै छ।

0 comments: on "दिल्लीका गोर्खाहरूलाई जीटीएमा फाइदा छ-विश्व"