मनोज वोगटी
कालेबुङ,18 अगस्त।
गोजमुमोका अध्यक्ष विमल गुरूङले गोर्खाल्याण्डको निम्ति तराई-डुवर्सको लङ्मार्च गर्दा सिब्सुमा बङ्गाल सरकारका पुलिसले तीनजना आन्दोलनकारीहरूको गोली ठोकेर हत्या गरेको थियो। अहिले गोली ठोख्ने सरकारपनि बङ्गालमा छैन अनि आन्दोलनकारी मोर्चा पनि आन्दोलनमा छैन। आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाले आन्दोलनलाई थन्काएर जीटीए ग्रहण गरेको छ।
मोर्चाले जीटीए थापेर जनतालाई बोरामा सुताएको मात्र होइन घिसिङले दागोपाप थापेर मुद्दा बेचे झैं गोजमुमोले पनि जीटीए थापेर मुद्दा बेेचेको आरोप लगाउँदै पहाड़को दोस्रो बलियो राजनैतिक सङ्गठन क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले तेस्रो चरणको आन्दोलन गर्दै दिल्लीको कार्यक्रम सकिएपछि अब लङ् मार्चको तयारी गरिरहेको छ।
27 जुलाईदेखि शुरू गरेको क्रामाकपाको तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलन अहिले विशेष अवसरलाई केन्द्र गर्दै अघि बढिरहेको छ। 27 जुलाई अथवा शहीद दिवसको दिन क्रामाकपाले कालेबुङमा रक्तदान शिविर गर्दै साङ्केतिक आन्दोलन शुरू गरेको थियो भने देशमा अन्ना हजारे जस्ता सचेत व्यक्तिहरूले गरिरहेको भ्रष्टचारको विरोधलाई समर्थन गर्दै दिल्लीमा विभिन्न सङ्गठनहरूसित मिलेर भ्रष्टचारको विरोध अनि गोर्खाल्याण्डको निम्ति धर्ना सकेर प्रतिनिधिहरू पहाड़ फर्किएपछि अब दार्जीलिङ जिल्लाको कुना काप्चाबाट गोर्खाल्याण्डको निम्ति गोर्खाल्याण्ड प्रेमीहरूले सिलगढीसम्म पैदलयात्रा गर्ने भएको छ।
क्रामाकपा महासचिव तारामणि राईले सिलगढीसम्मको लङ्मार्चको तयारी भइरहेको बताउँदै भने, भाषा मान्यता दिवस अथवा 20 अगस्तको दिन यो पैदल यात्रा शुरू हुने छ अनि बलिदान दिवस अथवा 25 अगस्तसम्म रहनेछ।
तिनले लङ्मार्चको उद्देश्य गोर्खाल्याण्डको पक्षमा जन सहमति अनि सरकारलाई गोर्खाहरूको समस्या राज्य गठनले मात्र समाधान गर्छ भन्ने कुरा बुझाउनु रहेको तिनले बताएका छन्।

0 comments: on "क्रामाकपाले गर्नै गोर्खाल्याण्डको निम्ति लङमार्च"
Post a Comment