कालेबुङका नवनिर्वाचित विधायक डा. हर्कवहादुर छेत्रीलाई पार्टीको भातृ सङ्गठन लगायत विभिन्न संघ-संस्थाद्वारा अझ पनि सम्वर्द्धना जनाउने कार्य यथावत रहेको छ। आज स्थानीय मानेलाखाङ गुम्बाको प्रेक्षागृहमा जनमुक्ति कर्मचारी सङ्गठ

उक्त सम्बर्द्धना कार्यक्रममा सङ्गठनका विभिन्न व्लक तथा शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा. छेत्रीले भने, सबैको सहयोग पाएर नै म विधायक बनेको हुँ, सबैसँग भेटघाट गर्न अथवा निमन्त्रणा गरिएको कार्यक्रममा जाने इच्छा हुँदाहुँदै कतिपय व्यस्तताको कारण वाध्यतावश पुग्न सक्तिनँ र कतिपय कार्यक्रमहरूमा मात्र उपस्थिति दिन सकिरहेको छु।
तिनले कर्मचारीहरूलाई आ-आफ्नो विभागको कामकाजलाई सही ढङ्गमा चलाउने सुझाउ दिँदै त्यसपछि मात्र आफूले गर्नुपर्ने कार्य गर्ने जनाए। तिनले कर्मचारीहरूलाई आफू योग्य बनेर सही कार्य गर्ने अनि त्यसपछि मात्र नयॉं कुराको माग गर्नुपर्ने सुझाव राखे। यसरी नै जनमुक्ति कर्मचारी सङ्गठका सचिव ललित रोकाले कार्यक्रमलाई सम्बोधन गर्दै भने, जीटीए प्राप्त भएपछि हाम्रोमा अझ धेर जिम्मेवारी थपिएको छ।
जस्तै व्यवस्था पनि चलाउन सक्ने योग्यता हामीमा रहेको परिचय दिन सक्नुपर्छ अनि केन्द्र अनि राज्यलाई बताउन सक्नुपर्छ कि हामी राज्य पनि चलाउन सक्षम छौं। यसरी नै जनमुक्ति कर्मचारी सङ्गठन महकुमा समितिका अध्यक्ष खड्क विक्रम सुब्बाले विविध मागहरूबारे अवगत गराउँदै विधायकलाई माग पत्र पनि पेश गरे जसमा महकुमा अस्पतालमा पनि जिल्ला अस्पताल बराबरको सुविधा उपलब्ध गराइनुपर्ने, विजुली विभागको कल सेन्टर कालेबुङमा नै बनाइनुको साथै 66 के.बी. सव् स्टेशनलाई 132 के.बी. बनाइनुपर्ने जस्ता विविध मागहरू उल्लेख गरिएको छ।
आजको कार्यक्रममा उपस्थित रहेका मोर्चा स्टडी फोरमका सदस्य एल.बी. परियारले जीटीएमा कर्मचारीहरूकोे भूमिका महत्त्वपूर्ण हुने जनाए। गोजमुमो केन्द्रिय समिति तथा अन्य मोर्चा कार्यकर्ता लगायत कर्मचारीहरूको कार्यक्रममा व्यापक उपस्थिति रहको थियो।
0 comments: on "डा. छेत्रीलाई सम्बर्द्धना जनाउने क्रम यथावत"
Post a Comment