कालेबुङ, ६ अगस्त।
एसयूएमआईको पञ्च रजत जयन्तीको कार्यक्रम अनुरूप चौथो चरणको तीनदिने 21औ पी.आर. प्रधान मेरिट अवार्ड अनि अन्तर विद्यालय हाजिरी जवाब प्रतियोगिता 2011 आज अन्तिम दिन भव्यतापूर्वक समापन गरियो। एसयूएमआईले प्रदान गर्ने गरे
यसरी नै चौधवटा दलहरूले अंशग्रहण गरेको 15औं अन्तर विद्यालय हाजिरी जवाब प्रतियोगितामा सबै विद्यालयहरूलाई उछिनेर विजयी दल बन्यो सप्तश्री ज्ञानपीठ अनि उपबिजेता बन्यो सन्त जोसेफ कन्भेन्ट। यी दुवै द
आज तीनदिने कार्यक्रमको अन्तिम दिनमा मुख्य अतिथिको रूपमा सिक्किमका मुख्य सचिव उगेन भोटिया रहेका थिए। महकुमा अधिकारी एल.एन. शेर्पाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्षेत्रभरिका विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक-शिक्षिकागण लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मुख्य अतिथिको बाहुलीबाट विद्यालयको झण्डोत्तलन गरेपछि शुरू भएको कार्यक्रममा विद्यालयकै सिनियर मास्टर जे.एस. राईद्वारा सर्वप्रथम बाइबल पठन अनि प्रार्थना भएको थियो। स्थानीय वृन्दावन स्कूलका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरी कार्य
यस वर्षको माध्यमिक परीक्षामा 60 देखि 60.9 प्रतिशत अङ्क हासिल गरी पहिलो दर्जामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई हिजो सम्बर्द्धना जनाइएको थियो भने आज त्यसभन्दा अधिक अङ्क हासिल गर्ने महकुमाभरिका विद्यार्थीहरूलाई पनि सम्बर्द्धना जनाइयो। जसमा विभिन्न विषयहरूमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यर्थीहरूलाई पनि सम्बर्द्धना जनाइयो।
सोही अवसरमा महकुमाभरि नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने सन्त फिलोमिनाकी छात्रा अन्नामेरी लेप्चालाई भाइचन्द प्रधान स्मृति पुरस्कार प्रदान गरियो। एसयूएमआई विद्यालयभरिमा नेपाली विषयमा नै सर्वोत्कृष्ट अङ्क हासिल गर्ने छात्र निश्चल खत्रीलाई पनि स्व. ए.बी. छेत्री स्मृति नगद राशि पुरस्कार प्रदान गरियो।
0 comments: on "21औं पी.आर. प्रधान मेरिट अवार्ड अनि १५ औं अन्तर विद्यालय हाजिरी जवाब प्रतियोगिता 2011"
Post a Comment