कालेबुङ, 4 अगस्त।
लगभग 5 वर्षसम्म विवादमा रहेपछि अन्तमा यहॉंको नोभेल्टी हल परिसरमा स्वतन्त्रता सेनानी जङ्गवीर सापकोटाको सालिग स्थापना गरियो। सापटोटाको सालिग निर्माण गर्ने पहल सालिग निर्माण समितिको अहिलेदेखिको थिएन। सालिग
समितिका सभापति नोर्देन लामाले कतिपय असामाजिक तत्वहरूको कारणले सालिग आजसम्म स्थापना हुन विलम्ब भएको बताए। तिनले बताएनुसार आगामी 15 अगस्त स्वतन्त्रता दिवसको उपलक्ष्यमा सालिगको विधिवत् अनावरण गरिने भएको छ।
सालिग निर्माण त भयो तर नगरमा रहेको अन्य सालिगहरूको झैं यसको पनि जीर्ण अवस्था भए सापकोटाको सालिगको कुनै महत्त्व नरहने सम्बन्धमा लामाले भने, अहिलेसम्म कतै पनि स्थापना नभएको सापकोटाको सालिग निर्माण गर्न हामी सफल भएका छौं।
यो गोर्खाहरूको निम्ति गौरवको विषय हो। यसैले सालिग निर्माण भइसकेपछि सालिग संरक्षण समिति बनिनेछ अनि सोही समितिले नै यसको देखरेख गर्नेछ। महकुमा अधिकारी, पुलिस प्रशासन, संङ्घ-संस्था, राजनैतिक दल लगायत आर्थिक सहयोग पुर्याउने सबैको सहयोगमा नै सालिग निर्माण हुनसकेको समितिले थप जनाएको छ।
0 comments: on "लामो सङ्घर्षपछि स्थापना भयो जङ्गवीर सापकोटाको सालिग"
Post a Comment