ग्यासको डिलरशीपसितै नोकरी पनि दिइने
मनोज वोगटी
कालेबुङ,7 जुलाई।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले गोर्खाल्याण्डको निम्ति प्राण गुमाउने जीएलपी विमला राईको परिवारलाई क्षतिपुर्ति स्वरूप तीन लाख रूपियॉं प्रदान गर्यो। गुरूङले अघिबाट नै गोर्खाल्याण्डको निम्ति शहीद हुने विकि लामा, विमला राई अनि निता खवासको परिवारलाई क्षतिपुर्ति दिने घोषणा गरेका थिए। सोही घोषणा अनुरुप विमल गुरूङ आज खानी पुगेका थिए। तिनीसित नै मोर्चाको स्टडी फोरमका सदस्य डा.आरबी भुजेल, सहसचिव विनय तामङ तथा कालेबुङ शाखाका पदाधिकारीहरू पनि साथमा थिए। जहॉं आयोजित श्रद्धाञ्जली कार्यक्रममा विमला राईको परिवारलाई तीनलाख रुपियॉं प्रदान गरे। गुरूङले यसै अवसरमा मोर्चाले ग्रहण गर्न लागेको व्यवस्थाबाट विमला राई, विकि लामा अनि निता खवासको परिवारका कुनै सदस्यलाई नोकरी पनि प्रदान गर्ने घोषणा गरेका छन्। गुरूङले विमला अनि निता खवासका परिवारको एकएक सदस्यलाई एलपीजी ग्यासको डिलरशीप पनि ती सदस्यलाई प्रदान गरिने जनाएका छन्। गोर्खाल्याण्डको निम्ति डुवर्सपस आन्दोलनको क्रममा बङ्गाल सरकारका पुलिसले हानेको गोलीले मोर्चाका तीन जना जीलपीहरूले ज्यान गुमाएका थिए। जसको सीआईडी जॉंचको घोषणा भइसकेको छ। आज गुरूङले बङ्गाल सरकारले पनि शहीद परिवारलाई क्षतिपूर्ति दिने भएको जनाएका छन्। गुरूङले डवर्सका शहीद विकि लामालाई पनि यसरी नै केही कुरा दिने विषयमा चॉंजो मिलाइरहेको पनि जनाएका छन्।
पग्ला कुकुर
12 years ago
0 comments: on "विमलाको परिवारलाई तीन लाख प्रदान"
Post a Comment