प्रज्जवल वोगटी
कालेबुङ, 5 जून।
भ्रष्टाचारले अहिले देशभरि नै उग्र रूप लिएको छ। भ्रष्टचार अनि विदेशमा भएको कालो धन देशमै फर्काइल्याउनुपर्ने मागमा दिल्लीको रामलीला मैदानमा आमरण अनशन बसेका बाबा रामदेवको समर्थनमा भारत स्वाभिमान ट्रस्ट कालेबुङ शाखाले पनि आज यहॉंको डम्बरचोकमा दुइ घण्टाको साङ्केतिक अनशन गर्दै एक कार्यक्रमको आयोजना गरेको थियो।।
देशमा बढ़िरहेको भ्रष्टाचार, विभागहरूमा सानो भन्दा सानो कार्य गर्नुपर्दा पनि घुस दिनुपर्ने वाध्यता, गरिबीको कारणले नानीहरूलाई राम्रो खाना दिनु, पढ़ाउनु नसक्नुको मजबुरी, दिनोदिन बढ़िरहेको महङ्गाई आदि वियहरूमा ट्रस्टका प्रतिनिधिहरू सचिव महेश गुप्ता, लक्ष्मी लाबर, बविता शर्मा, राधा अग्रवाल आदिले आ-आफ्नो वक्तव्य राखेका थिए। ट्रस्टका सल्लाहकार अम्बिका प्रसाद शर्माको सभापतित्वमा आजको कार्यक्रम सम्पन्न भएको थियो। सोही कार्यक्रमअवधी ट्रस्टले रामदेवले शुरू गरेको भ्रष्टाचारको अभियानमा समर्थन जुटाउन हस्ताक्षर अभियान पनि गरेको थियो। उक्त संग्रह गरिएको हस्ताक्षर अभियानलाई देशको प्रधानमन्त्री अनि ट्रस्टको केन्द्रिय समिति पतञ्जली योगपीठमा पठाइने ट्रस्टका सचिव महेश गुप्ताले जनाएका छन्। बाबा रामदेवको सत्याग्रहलाई समर्थन जनाउँदै ट्रस्टले आज कालेबुङ महकुमा अधिकारी एल.एन शेर्पालाई पनि एक ज्ञापन चड़ाएको छ।
पग्ला कुकुर
12 years ago
0 comments: on "रामदेवलाई कालेबुङबाट पनि समर्थन"
Post a Comment