प्रज्ज्वल वोगटी
कालेबुङ, 5 जुन।
विभिन्न मागहरू लिएर आज पुनः क्रामाकपाले शहरमा पोस्टरिङ गरेको छ। पोस्टरिङमा दिनोदिन मैलाहरूको थुप्रो बन्दै गइरहेको कालेबुङ शहरभित्रको मैला नगरपालीकाले टिस्टा नदीमा फ्यॉंक्ने गरेको आरोप लगाइएको छ।
शहरको मैला फ्यॉंक्नको निम्ति हाल छोटा भालूखोप दलमान गॉंउमा डम्पिङ ग्राउण्ड निर्मानाधिन रहेको छ। शहरको मैला कालेबुङवासीको निम्ति

गोर्खाहरूको गंगा मानिने टिस्टा नदिमा मैला फ्यॉंकनाले स्वच्छ नदी प्रदुशित भइरहेको छ। यसर्थ, विभागले टिस्टा नदिमा मैला फ्यॉंक्ने चॉंडो भन्दा चॉंड़ो बन्द गर्नुपर्छ। यदि टिस्टा नदिमा मैला फ्यॉंक्ने कार्य विभागले बन्द नगरे क्रामाकपा सड़कमा ओर्लने पनि तिनले जनाएका छन्। पोस्टरिङमा अन्य थुप्रै कुराहरू उल्लेख गरिएरको छ। पोस्टरिङमा रामेवलाई समर्थन जनाउँदै विदेशमा थुपारेको सम्पती देशमा फक्राई लेउ, भ्रष्टाचाराहरूलाई फॉंसा देउ आदि लेखिएको छ।
उक्त पोस्टरिङमा कालेबुङको पिउने पानीको समस्या पनि विभागले चॉंड़ै समाधान गरिनुपर्ने माग गरिएको छ। आज टालिएको पोस्टरमा उल्लेख गरिएको सबै मागहरू जनताको हीतको निम्ति भएको अनि सम्बन्धित विभागले उक्त अनदेखा गर्नु नहुने पनि तिनले केन्द्रिय सदस्य मोहन पौड्यालले जनाएका छन्।
0 comments: on "शहरको मैला टिस्टा नदीमा फ्यॉंकिरहेको आरोप"
Post a Comment