कालेबुङ, 5 जून। पर्यावरण दिवसको ठीक दुइ दिनअघि 3 जूनको दिन यहॉंको डेलो शेर्पा गॉंउ नजिकबाट लगभग 4 लाख वर्तमान बजार मूल्यको अवैद्य काठ कालेबुङ वन विभागले उद्दार गर्यो।

त्यससमय पंखावारी रेञ्जका रेञ्ज अफिसर हेमलाल कार्की, कालेबुङ रेञ्जका नयन च्याटर्जी, लाभा रेञ्ज अफिसर टीडी भोटिया आदि उपस्थित रहेका थिए। हल्पु बरमेककबाट काठ लादिएको वाहन आउँदै गरेको गोप्य सुत्रमार्फत थाहा लागेपछि वाहन अनि चालकलाई पक्रन सक्षम बनेको कालेबुङ वन विभागका अधिकारी एस. गजमेरले बताएका छन्।
अर्कोतिर, पक्रा परेका वाहन चालक कालेबुङ होम्स निवासी हुन्। वाहन चालकको भनाइअनुसार तिनले वाहन मालिककै निर्देशनमा यस्तो कार्य गरेको हो। पक्रा परेको वाहनका मालिक डीके गौतम पनि होम्स निवासी नै हुन्। मालिक डीके गौतम भने आफू यस विषयमा अनभिज्ञ रहेकोे बताएको बन अधिकारी एस. गजमेरले जनाएका छन्।
यद्यपि यस मुद्दालाई भने अदालतमा सुम्पिएको छ। अवैद्य काठ पक्रन सक्षम बनेकोमा वन विभागका अधिकारी एस. गजमेरले भने, यो ठूलो दुर्भाग्य हो यसरी अवैद्य ढङ्गमा काटिएको काठहरू मानिलसे किनेको किनेकै गर्छन्। मानिसले अवैद्य काठहरू किन्न बन्द गरे स्वतः यो वन फॉंड्ने कार्य बन्द हुनेछ।
तर अहिले स्थानीय मानिसहरूले पनि हामीले गरको कार्यको प्रशंसा गरिरहेरका छन् अनि सहयोग पनि। स्थानिय मानिसहरूको अझ सहयोग पाए यो वन फॉंड्ने कार्य पूर्ण रूपमा बन्द गर्न सकिने पनि तिनले बताए।
0 comments: on "4 लाख मूल्य बराबरको अवैद्य काठ उद्दार"
Post a Comment