अचम्म लाग्दो दृश्य के देखियो भने पेटमा छुरी पुरै गाड़िएको थियो अनि रगत बगिरहेको थियो तर आइया आत्था गरेका थिएन्। तिनले दुखेको पीड़मा तीब्ररूपले माला भने जपिरहेका थिए।।
10 माइल बस्ने एक्युपङ्चर डाक्टर छना दोर्जीले आफै छुरी हानी आफ्नै हात्या गरेका छन्। प्रत्यक्षदर्शीहरूले हेर्दा दोर्जीले आफ्नै पेटमा छुरी हानेका थिए। जब छना दोर्जीलाई छोरीले दिउँसोको खाना खान कोठामा बोलाउन गए तब तिनलाई पेटमा आफै छुरी हानेको अवस्थामा देखिन्। घटना अनुसार बिहान रोगीहरू रोग जँचाउन आएका थिए। रोग जॉंचेर दिउँसो तिनी आरम गर्न कोठामा पसेका थिए।
दिउँसोको खाना खान बोलाउँन जॉंदा भित्रबाट कोठा बन्द गरिएको थियो। खिड्कीबाट हेर्दा आफै पेटमा छुरी हानेर लड़ेका थिए। एउटा हातले छुरी पक्रिएका थिए अनि आखॉं चिम्म गरेर अर्कोहातले तीब्ररूपले माला जपिरहेका थिए। धेरै हल्लाखल्ला भए पनि दैलो तोड्न सकिएन। पछि नगर पुलिस घटनास्थलमा पुगेपछि दैलो तोड़ियो अनि तिनलाई तिरून्तै अस्पताल लगियो।
लॉंदालॉंदै अस्पताल पुग्न नपाइ तिनले दम तोड़े। तिनी अहिलेसम्म पनि अविवाहित नै थिए भने एकजना धर्मपुत्री पालेका थिए। तिनलाई कुन कुरामा पीर थियो र आफ्नै पेटमा छुरी हाने? रहस्य खोतल्न कालेबुङ थानाका पुलिसले जॉंच अभियान शुरू गरिसकेको छ। अचम्म लाग्दो दृश्य के देखियो भने पेटमा छुरी पुरै गाड़िएको थियो अनि रगत बगिरहेको थियो तर आइया आत्था गरेका थिएन्। तिनले दुखेको पीड़मा तीब्ररूपले माला भने जपिरहेका थिए।
0 comments: on "आफै छुरी हानी आफ्नै हत्या"
Post a Comment