मुख्य समाचार :


मोर्चाले ममताबाट गोर्खाल्याण्ड मुनीकैव्यवस्था थाप्छ-समन पाठक

मनोज वोगटी कालेबुङ, 2जून।

बङ्गालमा आफ्नो दलको सरकार हटेपछि पनि आधिकारिक दौडाहामा राज्यसभा सांसद समन पाठक आज कालेबुङ आइपुगेका थिए। माकपा नराम्रो घतले हारेपछि तथा बङ्गालमा सीपीएमको सरकार नरहेपछि तिनी पहिलोपल्ट आधिकारिक दौडाहामा कालेबुङ आइपुगेका हुन्‌। तिनले बङ्गालमा वामफ्रण्ट सरकारको हारलाई ममता र वामविरोधी संंयुक्त शक्तिको षड़यन्त्र रहेको जनाए।

वास्तवमा बङ्गाल सरकारलाई वामफ्रण्टले आर्थिकरूपले सबल गर्न चहान्थ्यो,त्यसकारण आर्थिक निर्यात र नीजि रोजगारको अवसर निर्माण गर्ने दिशामा काम भइरहेको थियो, यसैको गलत प्रचार भयो-तिनले भने। तिनले पहाड़को विकासको क्रममा वामफ्रण्ट सरकारले होइन यहीँका राजनैतिक पार्टीलेहरू अवरोध खड़ा गरेको कड़ा र स्पष्ट शब्दमा भने। तिनले भने, पहाड़लाई लिएर धेरै योजना र कार्यसोंच तयार पारिएको हो, तर कुनै पनि काम गर्न यहॉंका आन्दोलनकारी दलहरूले दिएन। अघि गोरामुमोले दिएन अहिले गोजमुमोले दिएन।

पूर्ण क्षमता प्रदान गरे पनि कुनै विकास नगर्नु राज्य सरकारको भूल होइन। पहाड़मा नै राजनैतिक दलहरूले भूल गरिरहेको छ अनि त्यसको दोष वामफ्रण्ट सरकार र सीपीएमलाई दिइरहेको छ, जो नितान्तै गलत हो। तिनले वाणफ्रण्ट सरकारलाई साना राज्य निर्माण गरेर विकासको प्रक्रिया अघि नबढ्ने भएकोले नै छुट्टैराज्यको पक्षमा नरहेको बताउँदै भने, छुट्टैराज्यको निम्ति भावनात्मक आन्दोलन भयो। आन्दोलन नै भए पनि त्यो यहीँको विकासको मार्गमा अवरोधक बनाइयो। यो माकपा सरकारलाई असफल बनाउने वा देखाउने षड़यन्त्रहरू थिए।

सरकार विकास र कुराकानीबाट समस्या समाधान चहान्थे, यसैकारण मोर्चासित चुनाउ भएको महिनादिनमा पहाड़को समस्या ठामठीम पार्ने सम्झौता भएको थियो। तिनले अझ भने, छुट्टाराज्य बाहेक स्वायत्ता दिने कुरालाई मोर्चाले पूर्णरूपले अस्वीकार गर्‍यो। अहिले वामफ्रण्ट सरकारसित जुन सम्झौता भएको थियो त्यही कुरा ममताले भन्दा मानिरहेको छ। तिनले कुनै पनि परिस्थितिमा ममताले गोर्खाल्याण्ड राज्य दिन नसक्ने दाबी गर्दै दागोपाप झै कुनै पनि व्यवस्थामाथि नै कुराकानी हुने र बहाली हुने संकेत पनि दिए।

यता माकपाको कार्यालयमा हतियार भेटिएको कुरा अनि मोर्चाले त्यसलाई सियलदासित जोड़ेको सन्दर्भमा प्रश्न गर्दा तिनले माकपालाई गलत देखाउने षड़यन्त्रको नतिजा बताए। संसारमा कुनै पनि यस्ता हुस्सु कमसेकम अहिले हुँदैनन्‌, जसले आफ्नो कार्यालयमा हतियार राखोस्‌। माकपाले हतियारमा विश्वास गर्दैन-तिनले भने।

0 comments: on "मोर्चाले ममताबाट गोर्खाल्याण्ड मुनीकैव्यवस्था थाप्छ-समन पाठक"