मुख्य समाचार :


जापान जस्तै तहस नहस हुनेछ दार्जीलिङ

मनोज वोगटी कालेबुङ, 2 जून।

जापानपछि प्राकृतिक प्रकोपको कारण तहस नहस हुने पालो दार्जीलिङको हुनेछ, किन भने दार्जीलिङमा कुनै पनि बेला यस्तो भुँचालो जानेछ, जसले दार्जीलिङको नामोनिशान मेटिन सक्छ। आज जापानमा झैं प्राकृतिक प्रकोपले अब महाविनाश निम्त्याउने सय प्रतिशत सम्भावना दार्जीलिङमा पनि रहेको कुरा खुलाएका छन्‌ मलय मुकुलले। तिनी भारतीय प्रौधोगिकी संस्थान मुम्बईका भू-विज्ञानका प्राध्यापक हुन्‌।

आफ्नो ठाउँथलो कालेबुङ आइपुगेका मलयले भने, दार्जीलि जिल्ला नै भू-स्खलनको कारण खतरामा छ। जहिले पनि यहॉं ठूलो भुईँचालो जान सक्छ, जसले पहाड़लाई पूर्णरूपले तहस नहस गर्न सक्छ। तिनले अहिले पनि पहाड़ बनिने क्रम रहेको यस क्षेत्रमा भारतीय भू-सर्वेक्षण रिपोर्टले पनि खतराको सम्भावनालाई व्यक्त गरेको जनाए। तिनले भने, जिल्लामा धेरे फल्ट जोनहरू छन्‌, जसले स्पष्ट संकेत दिइरहेको छ कि कुनै पनि बेला यहॉं प्रकोप आउन सक्छ। त्यो भुँइचालो र पैह्रो दुवै थरीको हुनेछ।

तिनले दार्जीलिङ जिल्लाको अस्तिव नै खतरा रहेको कुरालाई अझ पक्का गर्ने धेरै आधारहरू रहेको बताउँदै भने, यसै त यो क्षेत्रमा वैज्ञानिकहरूको अध्ययनले जुनबेला पनि प्रकोप आउने बताएका छन्‌, प्रकोट कति विनाशकारी हुन्छ, त्यसको अनुमान गर्न सकिँदैन। किन भने दार्जीलिङमा बसोबासो बढ़ेदेखि यता अहिलेसम्म कुनै पनि प्राकृतिक प्रकोप भएको छैन। भएको भए खतरा कम हुने थियो, नभएकोले खतरालाई बलियो पारेको छ। तिनले पहाड़मा जाने पैह्रोको रोकथाम गर्न नसकिने स्पष्ट बताए।

तिनले भने, यहॉं पहाड़ बनिनेक्रम जारी छ, यो प्रक्रिया रोकिने होइन। यसकारण पैह्रो त गइनै रहनेछ। जब मानिसहरूको बसोबासो थिएन तब पनि पैह्रो जान्थ्यो। समस्या मानिसहरूको बसोबासो भएपछि देखिएको हो। पैह्रो गयो, यसको रोकथाम गरिदेउ भन्नु, जानकारी र ज्ञानको अभाव हो। यदि पैह्रो जॉंदैछ भने, त्यहॉं बस्नु खतरा हुन्छ। पैह्रो रोकथाम गर्न सकिन्न तर पैह्रोबाट बॉंच्न सकिन्छ। आवश्यक भार बहन गर्ने क्षमता भन्दा धेर भार जमीनलाई बोकाउनाले पनि पैह्रो जाने काम हुन्छ।

यसबाट बॉंच्नको निम्ति एउटै उपाय छ, त्यो हो सचेतना। सबैले घर बनाउन अघि त्यो ठाउँ पैह्रोपीडित हो होइन खुट्याउनको निम्ति यससित सम्बन्धित विभाग र अधिकारीहरूसित सम्पर्क स्थापित गर्नुपर्छ। विभागले पनि जहीजहीं घर बनाउने अनुमति दिनु भएन। तिनको कुरा अनुसार जापानपछि अब प्राकृतिक प्रकोप दार्जीलिङमा हुनेछ। यसबाट बॉंचनको निम्ति सिमेन्टका गगनचुम्बी घरहरू होइन, काठका घरहरु बनाइनुपर्छ।

तिनले पहाड़मा भुइँचालो र पैह्रोबारे सचेतना गर्न आफूहरूले योजनाहरू तयार पारेको अनि सरकारी गैरसरकारी सहयोगमा ती योजनाहरूलाई पहाड़मा कार्यान्वयन गराइने पनि जनाएका छन्‌।

0 comments: on "जापान जस्तै तहस नहस हुनेछ दार्जीलिङ"