अब कुनै पनि पत्रकारहरूले घरैमा बसेर कुनै पनि विपक्षका घरैमा बस्ने नेताहरूलाई टिप्पणी माग्न नपाइने भएको छ। आज गोर्खा जनमुक्ति युवा मोर्चाको जुलूस प्रदर्शनीपछि आयोजित पथसभामा खरसाङ युवा मोर्चाका सचिव समीरडी ब्लोनले आफ्नो सम्बोधनमा पत्रकारहरूलाई सुझाव राख्दै पत्रकारहरूलाई कुनै जनसमर्थन नभएका विपक्षका नेताहरूलाई फोनमा टि

जनताले नै दुत्कारेको अनि नरुचाएका नेताहरूलाई पत्रकारहरूले नै उचालेर हिरो बनाएकोमा तिनले पत्रकारहरूसित गुनासो गरे। बेला बेला यसरी मोर्चाबाट पत्रकारहरूलाई धेरै प्रकारको सुझावहरू आउने काम भइरहेको छ। के मोर्चा पत्रकारहरूले केवल मोर्चाको मात्र समाचार प्रकाशित गरोस् भन्ने चहान्छ? पत्रकारहरूले कहिल्यै पनि जनविरूद्धको कुराको वकालत नगर्ने भए पनि पत्रकारहरूको कार्यशैली नै ठीक नरहेको अथवा पत्रकारहरूले राम्रो काम नगरिरहेको गुनासो पोख्ने काम भइरहेकोले अब जिल्लाका पत्रकारहरूले राजनैतिक दलका नेताहरूलाई पत्रकारिताबारे प्रशिक्षण नै पो दिनुपर्ने हो कि भन्ने प्रश्न उठिरहेको छ।
कुनै दलका कुनै पनि नेताले पत्रकारहरूलाई पत्रकारिताबारे सुझाव दिने हो भने सुझावकर्ताहरू नै राजनीति छोड़ेर पत्रकारितामा नै लाग्नुपर्ने देखिएको छ।
0 comments: on "विपक्षका नेताहरूलाई पत्रकारहरूले उचालेको युवा मोर्चाको आरोप"
Post a Comment