मनोज वोगटी कालेबुङ, 1 जून।
निकोल तामङलाई कोर्टमा स्वस्थ नभ्याए पहाड़ तहस नहस गर्ने युवा मोर्चाले सरकार र प्रशासनलाई खबरदारी गरेको छ। मदन तामङ हत्याकाण्डसित जोड़ेर पक्राउ गरेको गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय कमिटी सदस्य निकोल तामङलाई निखोज बनाएकोमा गोर्खा जनमुक्ति

युवा मोर्चालाई निर्दोषहरूलाई आतङि्कत गर्ने प्रशासनिक पहल मनपरेको छैन। यसैक्रममा सीआईडीले निकोल तामङलाई लापत्त पार्नु पनि मोर्चालाई दखल पुर्याउने प्रशासनिक चलखेलकोरूपमा लिएको छ। दीपेन मालेलाई सीबीआईले पक्राउ गर्ने वित्तिकै युवा मोर्चाले यसको विरोधमा होइन सही प्रशासनिक पहलको माग गर्दै आन्दोलन नै थालेको छ। यसैक्रममा आज कालेबुङमा युवा मोर्चाले जुलूस प्रदर्शन अनि पथसभाको आयोजना गर्यो। युवा मोर्चा साङ्गाठानिक सचिव सिद्धान्त राईले भने,हामीले सीबीआईलाई मदन तामङ हत्याकाण्डको मामिलामा काम नगर भनेका होइनौं, तर काम सहीरूपले गर भनेका हौं।
निर्दोषहरूलाई पक्राउ गरेर वास्तवमा के प्रमाणित गर्न खोजेको हो? तिनले अझ भने, मदन तामङ हत्याको नाममा मोर्चाका प्रतिनिधिहरूलाई सताउने काम गर्नु हुँ

हामीले भनिसकेका छौं, पहाड़ तहस नहस पार्नेछौं। पहाड़मा शान्ति राख्न चहान्छ भने सहीरूपले काम गर। डम्बरचोकमा भएको जनसभालाई नारी मोर्चा कोर कमिटी सदस्य ननिता गौतम, बारूद थापा, पासङ शेर्पा, दिपेन गुरूङ, समिरदीप गुरूङ अनि देशभक्त सुब्बाले पनि सम्बोधन गरेका थिए। मंोर्चा केन्द्रिय कमिटी सदस्य देशभक्त सुब्बाले भने, जसरी निकोललाई लापत्ता पारियो, यसमा हामीलाई शंका लागेको छ।
सीआईडीले वामफ्रण्ट सरकारको निर्देशमा त काम गरेको छैन?नत्र पक्रिएको मान्छेलाई सजिलैसित कसरी उम्काउँछ? यसकारण सीआईडीमाथि पनि सीबीआई जॉंच हुनुपर्ने मोर्चाको माग छ। अर्कोतिर तिनले ममता व्यानर्जी र गोर्खाले एकै तानाशाह भोगेको बताउँदै भुक्तभोगी ममताले भुक्तभोगी गोर्खाहरूको परिस्थिति बुझ्नपर्ने पनि बताए। तिनले भने, ललिपप होइन, जनता गोर्खाल्याण्ड चहान्छन्।
मोर्चाले ललिपप होइन गोर्खाल्याण्डको निम्ति लड़िरहेको छ। गणतन्त्रमा गणतान्त्रिक र संवैधानिकरूपले गरिएको दाबीलाई ममताले सुनवाई गर्नुपर्छ।
0 comments: on "निकोललाई कोर्टमा स्वस्थ नउभ्याए, पहाड़ तहस नहस पार्ने"
Post a Comment