कालेबुङ, 3 जून।
सबैले मुख्यमन्त्री ममता व्यानर्जीमाथि नै आशा राखेर बसेको अवस्थामा आज पूर्व सांसद दिलकुमारी भण्डारीले पनि ममतामा नै आशा राकेको बताइन्। भगोप राष्ट्रिय अध्यक्ष दिलकुमारी भण्डारी एक कार्यक्रमलाई मुख्य आतिथ्य दिन कालेबुङ आएकी थिइन्। कालेबुङका संवादमाध्यमसित कुराकानी गर्दै तिनले भनिन्,अघिल्लो सरकारजस्तो व्यवहार नयॉं सरकारको छैन।

यसकारण तिनले भारतभरिका गोर्खाहरूले उठाएको मुद्दा तथा छुट्टै राज्यको दाबीप्रति पनि इमान्दार व्यवहार गर्ने आशा राखिएको छ। गोर्खाहरूको जुन समस्या छ, त्यसको समाधानको निम्ति तिनको संवेदनशील कार्यपहल होस्। जबसम्म गोर्खाहरूको बासभुमि हुँदैन तबसम्म, यो समस्याको समाधान हुनेछैन।
तिनले आन्दोलनकारीहरूले परिस्थितिबस मुद्दालाई कस्तोरूप दिने हो, त्यो उनीहरूकै जिम्मेवारी र कार्यनीति हुने बताउँदै भनिन्, गोर्खाल्याण्डको निम्ति सम्पूर्ण गोर्खाहरूको मत जानुपर्नेथियो, गयो। मोर्चाले पाएको जनमत गोर्खाल्याण्डको निम्ति नै हो। विधानसभा चुनाउबाट बहुमतले नै गोर्खाल्याण्डको पक्षलाई समर्थन गरेका हुन्। यसकारण जनमुद्दाको सुनवाईको निम्ति दलीय कार्यनीति इमान्दार हुनुपर्छ। भागोपले सामुहिक नेतृत्वको पहल चुनाउ अघि गरिरहेको थियो, केही राजनैतिक दलहरूसित बैठक गरेपछि भोगापको पहल अहिलेलाई थन्किएको
यस सम्बन्धमा भण्डारीले भनिन्, हाम्रो पहल सबैलाई छुट्टैराज्य वा बासभुमिको निम्ति एकजुट गर्नुथियो। दलहरूमा रहेको अन्तरबिरोध र वैमनस्यतालाई हटाएर मैत्रिक सम्बन्ध स्थापित गर्नु थियो, जो अझ पनि छँदैछ। अझ पनि भागोपले सबैलाई एक भएर ठूलो र सामुहिक आवाजमा बोल्नुको निम्ति आह्वान गर्छ।
तिनले दलीय एकताको पहल गरेपनि दलहरूसित आफ्नै नीति र कार्यपद्धति हुनेगरेकोले मुद्दालाई हेर्ने दृष्टिकोण पनि आ-आफ्नै रहेको अनि यसको समाधानको सूत्र पनि सबैसित आ-आफ्नै भएको भागोपले बुझेकोे बताइन्। यता तिनले भागोप आँफै अराजनैतिक सङ्गठन भएकोले छुट्टैराज्यको मुद्दालाई मात्र समातेर राजनैतिकरूपले उठान गर्न नमिल्ने स्पष्ट पारिन्।
भागोपसित धेरै मुद्दा रहेकोले केवल एउटा मुद्दाको पछि लागिरहन पनि नसकिने बताइन्। 23 वटा राज्यमा भागोप छ, त्यहॉंत्यहॉंका मूल समस्यालाई पनि भागोपले उठान गर्नुपर्छ-तिनले भनिन्।
यद्धपि कसैले पनि गरिरहेको आन्दोलन अनि उठाइरहेको मुद्दामा भागोपको कहिल्यै हस्तक्षेप नरहने पनि तिनले स्पष्ट पारिन्। तिनले भनिन्, कसैको क्रिटिसाइज गर्ने ग्रुपमा भागोप छैन। क्रिटिसाइज गर्नेहरूले गरिरहेका छन्, गणतन्त्रमा कुरा राख्ने अधिकार सबैमा छ। हामी यही चहान्छौं कि सबै गोर्खाको एउटा मूल मुद्दा हो भने सबै दलको पनि एउटै मुलमुद्दा होस् र सामुहिकरूपले यसको उठान गरोस्।
यता तिनलाई मोर्चाले पहिले विकास अनि त्यसपछि गोर्खाल्याण्डको मन्त्र अलाप्नुपरेको बाध्यता र परिस्थितिको सम्बन्धमा तिनले भागोपले कुनै पनि टिप्पणी राख्न उचित नहुने बताइन्। तिनले भनिन्, पहिले कुरा बुझिइनुपर्यो। वास्तविकतालाई अघि राखेर नै बोल्न सकिने हो। गोर्खा जनमुक्ति मोर्चा पारदर्शी भए सबैको चित्त बुझ्न सक्ला। सॉंचो कुरा अघि आउनुपर्छ। नआइ केही बोल्न मिल्दैन।
0 comments: on "ममतामाथि दिलकुमारीको आशा"
Post a Comment