मुख्य समाचार :


इच्छेमा सालक उद्वार, लाभा वाइल्ड लाइफलाई सुम्पिइयो

प्रज्ज्वल वोगटी
कालेबुङ, 3 जून।
दार्जीलिङमा दुर्लभ प्राणी सालक विलुप्त बनिरहेको र यसको संरक्षण गर्नुपर्ने सम्बन्धमा सङ्गोष्ठी गरेको ठीक दुइदिन नबित्दै आज इच्छे वस्तीमा देशमै दुर्लभ मानिने प्राणी सालक फेलापरर्‍यो। विश्वभरिनै विलुप्तप्राय भइसकेको निशाचर प्राणी सालक आज कालेबुङको अप्पर इच्छे पश्चिम शेर्पा गाउँबाट उद्दार गरियो।
स्थानीय भूपेन खड्काको घर बारीबाट उक्त सालक विहिवार राती 9 बजेतिर भेटिएको थियो। सालक रातभरि बारीमै रहेपछि उक्त सालकलाई गॉंवासीले विहान पक्रेर राखे। दुइ फिटसम्म लामो शरीर, एक फीट लामो पुच्छर अनि कठोर खपेटाले नाक, गला र छाती ढाकेको सालक लगभग साड़े तीन किलो जति रहेको थियो। स्थानीय विरेन्द्र छेत्रीले जनाए अनुसार हिजो दार्जीलिङमा भएको सालकमाथिको सङ्गोष्ठीको आधारमा तिनले त्यस प्राणी सालक हुनसक्ने अनुमान लगाएका थिए। पछिबाट वन विभागका अधिकारीहरूले त्यसलाई सालक भनि चिन्हित गरे। यस्तो अचम्मको प्राणी जीवनमा कहिले पनि नदेखिएको बताउँछन्‌ गाउँवासीहरू। इच्छेमा भेटाइएको त्यस सालकलाई कालेबुङ वन भिभागका अधिकारीहरूले आज उद्दार गरेर लाभा वाइल्डलाइफलाई सुम्पिएको थाहा लागेको छ। सालक विलुप्तप्राय बन्दै गरेको स्तनपायी नीरिह प्राणीहरूको सूचिमा पर्दछ।

0 comments: on "इच्छेमा सालक उद्वार, लाभा वाइल्ड लाइफलाई सुम्पिइयो"