कालेबुङ, 3 जून।
पानीको समस्याको मुद्दा फे

पानीको उद्गम स्थल नै दार्जीलिङ हो, तर पश्चिम बङ्गालभरिमा नै पानी सबैभन्दा मुख्य समस्या बनेको जिल्ला नै पनि दार्जीलिङ रहेको छ। पानीलाई नै लिएर राजनैतिक शक्तिको उदय-अस्त हुने दार्जीलिङको कुनै पनि यस्तो महकुमा छैन, जहॉं पिउने पानीको हाहाकार नहोस्। कालेबुङमा पानीको संकटले जनतालाई साह्रै सताएकोले सरकारले पानी व्यवस्थित गर्न योजना त बनायो, योजनालाई कार्यान्वयन गर्न राशि पनि अनुमोदन गर्यो।यसको निम्ति ठेकेदारलाई काम पनि दियो तर चारवर्ष वित्यो न त की बनियो न त नालाहरू नै व्यवस्थितरूपले विछ्याइयो, जनसरोकारको मुद्दा उठाउने कालेबुङ माकपाका एकमात्र सक्रिय नेता तारा सुन्दासले आज कालेबुङ महकुमालाई यही गुनासो राखे।सुन्दास अनुसार, कारमाइकल ग्राउण्डमा नगरपालिका अधिनस्त 1 लाख ग्यालन पानी अँट्ने ट्याङ्की बनाउनको निम्ति 21 लाख 91 हजार रुपियॉंको योजना, उच्चकन्या पाठशाला नजिक 15,000 ग्यालन पानी अँट्ने ट्याङ्कीको निम्ति 7 लाख 52 हजार, हाटबजारको निम्ति 10,000 ग्लायनल पानी अँट्ने ट्याङ्की बनाउन 3 लाख 90 हजार, अनि लालगल्लीको निम्ति 15,000 ग्यालन पानी अँट्ने ट्याङ्की बनाउन 4 लाख 53 हजार लगायत धेरै ठॉंउ नाला विछ्याउन मोठ 1 करोड़को योजना बनाइएको छ। जसको काम गर्न ठेकेदारलाई 2008 मा नै काम सुम्पिएको छ।

सुन्दासले पानीको योजना शुरू भएपनि काम नभएपछि आरटीआई मार्फत कामको सम्पूर्ण विवरण मागेपछि नै महकुमा अधिकारीलाई शीघ्र पहलको निम्ति अपिल गर्दै ज्ञापन दिएका हुन्।
सुन्दासले भने, शरकारको पानीको समस्या समाधान गर्न त्यहॉं 50 करोड़को योजना बुझाइएको छ। सिलगड़ीको गजलडोबामा 176 करोड़को वाटर ट्रिटमेन्ट प्लान बझिाएको छ, तर कालेबुङमा भने सबै समस्या समाधान गर्न किन कुनै योजना बनाइएको छैन?
शीघ्र नै कालेबुङको पानी सङ्कटलाई सामधान गर्न आधिकारिक पहल शुरू हुनुपर्छ।
0 comments: on "पानी समस्याको समाधान गर्न दिएको 1 करोड़को काम के भयो-तारा सुन्दास"
Post a Comment