मुख्यतः कृषि क्षेत्रकोरूपमा रहेको दार्जीलिङ जिल्लाको कृषि विकासको निम्ति भने कुनै निकाय पनि संवेदनशील छैन। कालेबुङ कृषक कल्याण सङ्गठनले ग्रामीण अनि कृषि विकासको कुरालाई निक्कै गम्भीरतासित लिएको छ। मोठ 250 वटा कृषक सङ्घ जिल्ला

यसै सन्दर्भमा कालेबुङ कृषक कल्याण सङ्घठनले आज बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीलाई एउटा ज्ञापन चढ़ाउँदै पहाड़को कृषि विकासको निम्ति ध्यानाकार्षण गराउँदै मूलभुत मागहरू राखेको छ। सङ्गठनका सचिव विष्णु छेत्रीले जनाए अनुसार मुख्यमन्त्रीलाई पहाड़को कृषिलाई उन्नतशील बनाउनको निम्ति सरकारीरूपले धेरैवटा बलियो योजना र सहुलियतहरू कार्यान्वयन गराउनुपर्ने सम्बन्धमा जनाइएको छ। यसको निम्ति सङ्गठनले दार्जीलिङलाई वागवाणी विकासको क्षेत्रकोरूपमा पहाड़लाई विशेष आर्थिक क्षेत्रकोरूपमा मान्यता दिइनुपर्ने माग गरेको छ।
सङ्गठनले कालेबुङमा टेम्प्रेट हर्टिकल्चर एण्ड डेभलोपमेन्ट सेन्टर स्थापित गरिनुपर्ने, उत्तर बङ्ग कृषि विश्वविद्यालय अन्तर्गत कालेबुङमा कृषि महाविद्यालयको स्थापना गरिनुपर्ने, कृषि बजार व्यवस्थापनको निम्ति एकिकृत शीत भण्डारण स्थापित गरिनुपर्ने, नावार्डद्वारा सञ्चालित भेन्चर क्यापिटल स्कीम(जो हिमुलको कारण कार्यान्वयन गरिएको छैन)लाई पुनर्स्थापन गरिनुपर्ने माग लगायत किनारीकृत कृषकहरूलाई बीपीएलको दर्जा दिइनुपर्ने अनि दूध डाइरीको विकासको निम्ति अनुसन्धान अनि विकास केन्द्रलाई स्थापित गरिनुपर्ने माग पनि गरेको छ। छेत्रीले जनाए अनुसार सरकारले यी विषयहरूमा संवेदनशील पहल गरे पहाड़को कृषि सम्पदाले विश्व बजारसित आफ्नो छुट्टै पहिचान बनाउने मात्र होइन यहॉंका कृषकहरूलाई पनि सम्मानित जीवन दिने जनाएका छन्।
0 comments: on "कृषि विकास सम्बन्धमा पहाड़ हेलित"
Post a Comment