प्रज्ज्वल वोगटीकालेबुङ,13 जून।स्थानीय डुंग्रा ग्राम पञ्चायत अन्तर्गत मुर्गी हट्टा मुनी सीडफार्मको माने डॉंड़ा नजिक एक झोड़ीमा आज बेलुकी 6 बजेतिर एउटा लावारिस लाश भेटिएको छ।

उक्त लाश गाई चराइरहेका एक वालकले भेटेका थिए। मृतकको अनुहार पूर्णरूपले सड़िसकेकोले तिनी को हुन् भनी समाचार लेखुञ्जेलसम्म चिन्हित गर्न सकिएको थिएन। लगभग हप्तादिनदेखि नै उक्त शव झोड़ीमा नै रहेको शवलाई हेरी अनुमान गर्न सकिन्छ। लगभग 45-50 वर्षका मानिस झोड़ीमा मृत अवस्थामा भटिएपछि स्थानीयवासीहरूको खबर पाएर अतिरिक्त पुलिस सुपर जीवन मोथे घटनास्थलमा पुगेका थिए। पछिबाट शवलाई पोस्टमोर्टमको निम्ति महकुमा अस्पताल लगिएको छ।
0 comments: on "लावारिस लाश भेटियो"
Post a Comment