मनोज वोगटी कालेबुङ, 28 मई।
अब कालेबुङ डम्बरचोकस्थित बिल्डिङको भित्तामा पढिनेछ समाचार। टेलिभिजनबाट होइन, समाचरपत्रबाट पनि होइन नयॉं उपकरण मार्कि डिस्प्लेबाट कालेबुङ प्रेस क्लबले कालेबुङ नगरवासीलाई समाचार उपलब्ध गराइरहेको छ। जिल्लामा मात्र होइन, राज्यमा नै कुनै पनि प्रेससित सम्बन्धित सङ्गठनले यसप्रकार पहल गरेको यही प्रथम मानिएको छ। दिल्लीजस्तो व्यस्त नगरीमा यसप्रकारको डिस्प्ले बोर्डमा स्क्रोलिङद्वारा नगरका घटनाक्रमहरू राख्ने गरेको सुनिएको भए पनि यसबारे प्रायःलाई नै जानकारी छैन।
कालेबुङको मुटु मानिने डम्बरचोक, जहॉं सबै राजनैतिक दलहरूले आफ्नो मुद्दा उठाउँदै जनसभाहरूको आयोजना गर्ने गर्छन्, जहॉं कुनै पनि सामाजिक सङ्गठनहरूले आफ्नो कुरा राख्ने गर्छन्, त्यहीँ दिनभरि घटेका घटनाहरू अनि वर्तमान परिस्थितिमा अनिवार्य हुने जानकारीहरू प्रेस क्लबले उपलब्ध गर्दै आइरहेको छ। डम्बरचोकको एउटा बिल्डिङमा झुण्डाइएको स्क्रोलिङ बोर्डमा दिनभरि नै नगरमा बजार गर्न आउनेहरूले सित्थैमा समाचारहरू पढ्न पाइरहेका छन्।
कतै अचानक बन्दको घोषणा भयो, जिल्लाभरिमा नै कुनै गम्भीर घटना भयो भने वास्तविकता बुझ्न अनि कुरो सही हो होइन बुझ्न मानिसहरू डम्बरचोकमा आउँछन्। स्क्रोलिङमा उपलब्ध ताजा ब्रेकिङ न्यूज हेरेर ढुक्क पर्छन्। डम्बरचोकमा नै सधैँ वाहन खेप्ने एक चालकले भने, कोहीबेला दिनभरि चल्ने अफवाहहरूले अन्योलमा पार्ने स्थितिमा यो स्क्रोलिङले वास्तविकता भनिदिने भएकोले फाइदा भइरहेको छ। प्रेस क्लबका सचिव अरूणकुमार राईले अब नगरमा ब्रेकिङ न्यूज स्क्रोलिङ मार्कीलाई अझ व्यवस्थित गरेर मानिसहरूलाई स्थायी फाइदा दिनेपक्षमा क्लबले कार्ययोजना बनाइरहेको बताए।
तिनले भने, ब्रेकिङ न्यूज मात्र होइन, विभिन्न सङ्घ सङ्गठनहरूको साङ्गाठानिक सूचना, विज्ञापन अनि दैनन्दिन जीवनको निम्ति अनिवार्य पर्ने आवश्यक जानकारीहरू पनि यसमा डिस्प्ले गरिनेछ। तिनले ब्रेकिङ न्यूजलाई निःशुल्क उपलब्ध गराइने भएपनि यसलाई व्यावसायिकरूप दिनको निम्ति विज्ञापनहरूको डिस्प्ले गरिने भएको पनि जनाए।
जिल्लामा नै प्रथमपल्ट नगरवासीहरूलाई निःशुल्करूपमा ताजा जानकारीहरू पस्केर क्लबले नगरवासीहरूलाई त धेरै फाइदा दिइरहेको छ त्यसबाहेक पनि समाजलाई पत्रकारिता अनि सामाजिक जिम्मेवारी बोध गराउने काइदापनि सिकाइरहेको छ। यसलाई निरन्तरता दिन तक्निकीय ज्ञान रहेका क्लबका सदस्यहरूले अहिले निःशुल्क सेवा दिएको कारणले नै यसलाई जारी राख्ने काम भइरहेको छ, क्लबका सक्रिय सदस्य हीरा छेत्रीले भने, हाम्रो पहललाई धेरैले प्रोत्साहित गरिरहेका छन्।
धेरैपक्षबाट सघाउहरू भइरहेको छ। सबैको सकरात्मक सहयोग भए ब्रेकिङ डिस्प्ले को निम्ति छुट्टै कर्मचारी नियुक्त गर्ने विचारमा छौं।
पग्ला कुकुर
12 years ago
0 comments: on "नगरवासीले बिल्डिङको भित्तामा पढ्दैछन् समाचार"
Post a Comment