मनोज वोगटी कालेबुङ, 28 मई।
आज फेरि कालेबुङका चर्चित व्यङ्ग्यकार -कथाकार मिङ लिवाङ खुकुरी लिएर पाठकसमाजमा निस्किएका छन्। हतियार खुकुरी होइन पुस्तक खुकुरी। गोर्खाज पछि निकालेको खुकुरी लिवाङको दोस्रो अंग्रेजी पुस्तक रहेका छन्। एकै छिन ल?-बाट लिवाङ पाठकहरूमा चर्चित छन्। एकै छिन् ल? तिनको व्यङ्ग रचनाहरूको स्तम्भ रहेको थियो। पछि तिनले पुस्तक पनि प्रकाशित गरेका थिए।
तिनका व्यङ्ग्यहरूको पुस्तक ज्यान्टलम्यान पाठकले खुवै रुचाएको कृति हो भने छिमेकीको छोरी अनि मनभित्रको मन कथा संग्रहहरू पनि रुचाइएका कृतिहरू हुन्। यी कृतिहरूले जति ख्याति कमाए, त्यसभन्दा दोब्बार ख्याति तिनको अंग्रेजी पुस्तक गोर्खाज-ले कमाएको थियो। देशमा गोर्खाहरूको चिह्नारीको सङ्कट बनिरहेको अवस्थामा तिनले गोर्खालाई चिनाउन यो पुस्तक निकालेका थिए जो विदेशका पाठकहरूले खुबै रुचाएका थिए। गोर्खाज गोर्खा पाठकबाहेक पनि अन्य भाषी र जाति पाठकले रुचाइदिएकोले यो खुकुरी निकाल्ने आँट गरेको हुँ-मिङ लिवाङले खुकुरीको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आज भने।
रामकृष्ण रङ्गमञ्चको अम्वेदकर भवनमा स्थानीय साहित्यकार अनि वरिष्ट नागरिकहरूबीच लिवाङले आज गोर्खाहरूको जातीय हतियार तथा सांस्कृतिक हतियार खुकुरीबारे लेखिएको पुस्तक खुकुरी-को विमोेचन गरे। तिनले भने, गोर्खालाई चिनाउने विचारले गोर्खाज निकालेको थिएँ, गोर्खाहरूको सांस्कृतिक हतियारलाई चिनाउन खुकुरी निकालें। खुकुरीको उत्पति, यसको बनावट, थरी, बनाउने तरिका, मरम्मति, यसको कारखाना, खुकुरीको महत्व, यसमाथि पोखिएका विचारहरूमाथि पुस्तक तयार पारिएको तिनले बताए। खुकुरीको सांस्कृतिक महत्वलाई नयॉं पुस्तामा पुनर्थापित गर्ने पनि पुस्तकको ध्येय रहेको छ-तिनले भने। कार्यक्रममा उपस्थित साहित्यकार सलोक कार्थक,प्राध्यापक नवरत्न प्रधान, क्याप्टन प्रकाशमणि प्रधान, सीएल प्रधान, कुमार गुरूङ, लक्ष्मन गुरूङ, विवेक केशर पाण्डे, योगबीर शाक्य, ललित गोले तथा अन्य अतिथिहरूले पुस्तकहरूलाई सामुहिकरूपले विमोचन गरिएको थियो।
कथाकार शमशेर अलीले पुस्तकमाथि टिप्पणी राखे भने ललिग गोले, नवरत्न प्रधान, विवेककेशर पाण्डे अनि प्रकाशमणि प्रधानले पनि आफ्नो सम्बोधन राखेका थिए। सबैले नै खुकुरीलाई अंग्रेजीमा लेखेर नयॉं पुस्ताका पाठक अनि विदेशी पाठकहरूलाई लोभ्याउन सक्ने बताए। क्याप्टन प्रकाशमणि प्रधानले आफ्नो रकभेल एकाडेमीका विद्यार्थीहरूका निम्ति खुकुरीलाई लाइब्रेरीमा राख्ने समेत बताए। खुकुरी मात्र होइन, गोर्खाका संस्कृति र जातीय सवालसित जोड़िएका अन्यपक्षमा पनि पुस्तक लेखिनुपर्छ, प्रकाशित गर्ने जिम्मा हाम्रो हुनेछ-खुकुरीका प्रकाशक तथा हिमाल इण्डिया प्रिन्टर्सको पक्षमा विवेककेशर पाण्डेले भने।
पग्ला कुकुर
12 years ago
0 comments: on "फेरि खुकुरी लिएर निस्किए लिवाङ"
Post a Comment