
डी के वाइबा
भोकाएका ब्वाँसोहरु
सडकमा धावा बोल्दै निस्केपछि
यहाँ गाँधी बद्नाम भएको छ
बुद्ध अवाक बनेको छ
अनि मान्छेहरु
रक्षकका शिकार भएका छन्
आफ्नै गाउँमा ..!
गाउँमा क्रुर बुटहरु बजार्दै
गणतन्त्रले रुटमार्च गरिरहेको छ
बारुदको गह्रौँ भारी बोकेर ।
अधिकार माग्न हिँडेका छोरा
पिठ्यूँभरी निलडाम बोकेर
सडक किनारमा ढलेको छ ...
अनि सुनसान सडकमा
'गणतन्त्र'को मलामी गईरहेछ
टाऊकोमा कालो पट्टी बाँधेर ।।
सडकमा धावा बोल्दै निस्केपछि
यहाँ गाँधी बद्नाम भएको छ
बुद्ध अवाक बनेको छ
अनि मान्छेहरु
रक्षकका शिकार भएका छन्
आफ्नै गाउँमा ..!
गाउँमा क्रुर बुटहरु बजार्दै
गणतन्त्रले रुटमार्च गरिरहेको छ
बारुदको गह्रौँ भारी बोकेर ।
अधिकार माग्न हिँडेका छोरा
पिठ्यूँभरी निलडाम बोकेर
सडक किनारमा ढलेको छ ...
अनि सुनसान सडकमा
'गणतन्त्र'को मलामी गईरहेछ
टाऊकोमा कालो पट्टी बाँधेर ।।
0 comments: on "गाउँमा गणतन्त्र"
Post a Comment