राष्ट्रिय राजमार्ग 31-ए अन्तर्गत रम्फूदेखि आठ किलोमिटर टाड़ो पश्चिम बङ्गालस्थित तारखोलाको पुल भत्किँदा राजमार्ग तीन घण्टा बाधित रह्यो। रम्फूबाट पत्र


पुल दुइफ्याक भएकोले अनि ट्रक बीचैमा फँसेकोले यातायातमा नै व्यावधान आएको थियो। लाम लागेका वाहनहरूलाई छेवैमा रहेको कच्चाबाटोलाई वैकल्पिकरुपमा प्रयोग गर्दै आवातजावत गर्न परेको थियो। कच्चाबाटोको स्थिति पनि राम्रो नभएको अनि वान वे-को कारण यात्रीहरूले जामको समस्या भोग्नुपरेको थियो। सीमा सड़क सङ्गठनले सक्रियता देखाउँदै भत्केको ठाउँमा फलामको प्लेट लगाएर काम चलाउनुपरेको थियो।
फलामको प्लेट लगाएर त्यहॉंबाट 11 बजीतिर अस्थायीरूपमा राजमार्ग सुचारु गरिएको थियो। मार्गलाई पूर्णरूपले पक्कागर्न केही समय लाग्ने सीमा सड़क सङ्गठनले जनाएको छ। अहिलेलाई अस्थायीरूपले काम चलाइएको भए पनि कुनै पनि बेला कुनै पनि चालकको अलिकति लापारवाही पनि ठूलो सङ्कटको कारण बन्न सक्ने सम्भावना देखापरेको छ। स्मरमीय छ, यही पुल चारवर्षमा तीनपल्ट विभिन्न ठाउँबाट भत्किँदै आइरहेको छ।
0 comments: on "पुल दुइफ्याकःचालकहरूले फलामको प्लेटले चलाए काम"
Post a Comment