छेवाङ योञ्जन/सन्दिप कुलुङ
कालेबुङ,5 मई।
11 सुत्री माग लिएर भइरहेको जीपीटीओको धर्ना कार्यक्रम आज समाप्त भयो। जीपीटीओले तीन दिन अघिदेखि शिक्षा विभागीय सचिवालयअघि घर्ना जारी राखेको थियो। जीपीटीओको दावीलाई सम्बन्धित पक्षले पत्तो नदिएपछि सरकारमा चाप बनाउन जीपीटीओले नयॉं रणनीति नै तयार पारेको छ। तयार पारेको रणनीति अनुसार जीपीटीओलो 10, 11 अनि 12 मईको दिन शिक्षा सम्बन्धित कार्यलयहरू बन्द राख्ने भएको छ।
यो कार्यक्रमपछि लगत्तै
17 मईको दिन जिल्लापाल कार्यलय अनि दागोपाप प्रशासकको कार्यलय अधि घरना प्रदर्शन गर्ने अनि यति गर्दा पनि विभागीय पक्षले राखिएको दावीलाई लिएर कुनै पहल नगरे 18, 19 अनि 20 मईको दिन सम्पूर्ण प्राथमिक स्तरका शैक्षिक संस्थानहरू बन्द गर्ने चेतावनी दिएको छ। आज नै यस प्रकारका कार्यक्रमहरू घोषणा गर्दै जीपीटीओले दार्जीलिङबाट भनेको छ, 23 अनि 24 मईको दिन सम्पूर्ण शैक्षिक संस्थानहरू बन्द रहने छ। यसबाहेक पनि सम्पूर्ण शैक्षिक संस्थानहरू अनि सरकारी कार्यालयहरू 24 मईको दिन बन्द गर्ने भएको छ भने 30 मईको दिन जीपीटीओले जिल्लाका तीनैवटा महकुमामा जुलूस र पथसभा गर्ने छ।
यी सम्पूर्ण कार्यक्रमहरूलाई सम्बन्धित पक्षले गम्भिरतापूर्वक नलिए जीपीटीओले 31 मईको दिन पहाड़ बन्द गर्नै घोषणा पनि गरेको छ। जीपीटीओद्वारा भनिएको छ, यति चाप सृष्टि गर्दा पनि सरकारी सुनुवाइ नभए 1 जुनदेखि आमरण अनशन शुरू गरिनेछ।
पग्ला कुकुर
12 years ago
0 comments: on "पछि नहट्ने जीपीटीओ"
Post a Comment