मनोज वोगटी कालेबुङ,11 जून।
के को निम्ति गोर्खाल्याण्ड राज्य मागिएको हो? यसै कुरामा विवाद देखापरेको छ। मोर मनी र मोर पावर नै गोर्खाल्याण्ड भन्ने अनि देशभरिका गोर्खाहरूको चिह्नारी देशमा स्थापित गर्न नै गोर्खाल्याण्ड राज्य भन्ने दुइ थरीका नेता र तिनीहरूका कुरा अहिले अघि आइरहेको छ। गोर्खाल्याण्ड राज्यको माग केवल दार्जीलिङको जनताको निम्ति मात्र मागिएको थियो त? यो प्रश्न पनि अहिले उठिरहेको छ।
आसम, देहरादुन,कलकता, दिल्ली मात्र होइन देशका सबैभागबाट गोर्खाल्याण्डको निम्ति यसकारण सहयोग गरिएको थिएन कि दार्जीलिङका जनतालाई दुख छ र उनीहरूलाई धेरै पैसा र विकास योजना देओस्, यसकारण सहयोग गरेको थियो कि भारतभरिका गोर्खाहरूको मूल थलो वा राज्य छ भनेर देखाउने ठॉंउ होस्। गोर्खाहरू जहॉं जहॉं पनि छन्, सम्पन्न छन्। अहिलेको जमानामा दार्जीलिङमा मात्र अधिकांश यस्ता गोर्खाहरू छन्, जो सम्पन्न छैनन्। उनीहरू सम्पन्न नभएको कारण गोर्खाहरू अल्छे भएर होइन तर गोर्खा नेताहरू नै बिक्रि भएकोले उनीहरूलाई शोषकले गरीब बनाएका हुन्। न त कुनै विकासशील योजना कार्यान्वयन गर्यो न त कुनै रोजगारमुखी उध्योग नै बसालियो। पढ्यो, बस्यो।
सुबास घिसिङले भनेकै छन्, पहाड़मा राम्रो शिक्षास्तर भयो भने आफ्नो आशन खोस्छ। यसकारण जे छ ठीकै छ। तर गोर्खाहरू केवल दार्जीलिङमा मात्र छैनन्। गोर्खाहरू सङ्घर्षशील भएकोले देशमा मात्र होइन विदेशभरि सम्पन्नरूपले काम गरिरहेका छन्। यस्ता प्रतिशत पनि राम्रै छ, जसले तल्लो दर्जाका कामहरू गरिरहेका छन् अनि उनीहरू गरीबी रेखामुनी छन्। दार्जीलिङमा सबै गरीब पनि छैनन्, धेर जस्तो नै सम्पन्न छन्। तरै पनि उनीहरूले किन देशमा गोर्खाहरूको चिह्नारी सुरक्षित गर्न छुट्टै राज्य भनिरहेेका छन्? अहिले यही कुरामा अन्तरक्रिया हुनुपर्ने अवस्था देखापरेको छ। किन भने मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले मात्र होइन धेरैले नै सम्पन्न भए, राम्रो काम गरे चिह्नारी बन्ने कुरा गरिरहेका छन्। उनीहरूले के सही भनिरहेका छन्? यहीं बहसको आवश्यकता देखापरेका छ।
यसैक्रममा कालेबुङमा निक्कै मानिएका शिक्षाविद् पी.आर.प्रधानले पनि आज संवाद माध्यमलाई भने, चिह्नारी भनेको राम्रो काम गरेपछि बनिहाल्छ नी, मोर्चाले जे कुरा ल्याएको छ, त्यो धेरै राम्रो छ। यसैलाई राम्रोसित चलाएर देखाउनुपर्छ। तिनले यससम्बन्धमा प्रतिक्रिया गर्नेहरू समेतलाई भने, प्रतिक्रिया गर्नेहरूको मानसिकता नै प्रतिक्रिया गर्ने हुन्छ। यता सी.के.श्रेष्ठले पनि भने, चिह्नारी भनेको देशको शासन प्रणालीभित्र गोर्खाहरूको भागिदारी हुनु भनेको हो। त्यो त्यतिबेला हुन्छ जतिबेला राज्य हुन्छ। राज्य भएपछि देशको शाषण प्रणालीभित्र भागिदारी हुन्छ। देशको नीति निर्माणमा गोर्खाहरूको सहभागिता हुन्छ। अहिलेसम्म यो सहभागितामा गोर्खाहरूलाई सामेल गरिएको छैन। किन भने गोर्खाहरूलाई देशको मूलस्रोतबाट बाहिर राखिएको छ। अहिले छुट्टैराज्य के को निम्ति मागिएको हो भन्ने कुरा नै स्पष्ट नभएकोले स्वार्थ र फइदा मात्र हेर्ने काम भइरहेको भए पनि समयले यस्ताहरूलाई इतिहासमा कालो पोतेर राख्ने पनि तिनले बताए।
यता मोर्चाले पैसा नै चिह्नारी भन्ने किसिमको प्रचार प्रसार पनि गहरिरहेको छ। के हो त चिह्नारीको सवाल? कति जना सम्पन्न भए चिन्हारी बनिन्छ। खुकुरी उचालेर बनेको बीर गोर्खाली नै चिह्नारी हो त? किन प्रशान्त तामङलाई दरवान भन्दा ती नै गोर्खाहरूलाई मन दुख्छ? किन गोर्खाहरू पनि केही हुन् भनेर देशलाई देखाउन प्रशान्त तामङलाई भोट हाल्न सबै निस्कन्छन्? किन भारतका गोर्खाहरूलाई तिमी त नेपालको हो भनेर आक्षेप आउँछ? किन गोर्खाहरूलाई विदेशी भनिन्छ अनि किन त्यसको विरोध हुन्छ? यी जम्मै प्रश्नहरूलाई अघि राखेर जनबहसको खॉंचो अहिले देखापरेको छ।
पग्ला कुकुर
12 years ago
1 comments: on "गोर्खाल्याण्ड के को निम्ति?"
Yes, there is need for discussion. why are we demanding Gorkhaland on the one hand and on the other what are the feasibilities of it being success in the nearest future are the questions which need threadbare, unexceptionably all inclusive discussion. Only then a clear picture can emerge. What I have seen is, most of the time, we gorkhas are prone to thinking subjectively without taking into account the nitty-gritties of the real world. All these need to be thrashed out.
Post a Comment