कालेबुङ,२६ अप्रेल।
सधैँ पार्टीको कार्यक्रमको निम्ति तथा मुद्दा दाबीको निम्ति बन्दको घोषणा गर्ने गोर्खा जनमुक्ति मोर्चाले यसपल्ट श्री सत्य साई बाबालाई श्रद्धाञ्जली चढ़ाउन २७ अप्रेलको दिन पहाड़, तराई र डुवर्समा विहानदेखि दिउँसो १,३० बजीसम्म बन्दको घोषणा गरेको छ। श्री सत्य साई बाबाले विश्वभरि नै आफ्नो आध्यात्मिक प्रभाव छोड़ेर मानिसहरूलाई जीवनमा सही बाटो देखाउने कार्य गरेको भन्दै मोर्चाले तिनको निधनलाई मानवताको निम्ति क्षति मानेको छ।

0 comments: on "साई बाबालाई श्रद्धाञ्जली चढ़ाउन पहाड़, तराई र डुवर्स बन्द"
Post a Comment