मुख्य समाचार :


‘टास्क फोर्सको ब्लुप्रिन्ट खोइ’

कालेबुङ, 11 मार्च।
टास्क फोर्सले मोर्चालाई सुझाव दिएको छ, यदि जीटीए दागोपाप  नै गठन हुने हो भने यसको अर्थ छैन। दागोपाप क्षेत्रमा नै जीटीए गठन गर्नु जनतालाई धोका दिनु हो। सरकारको षडयन्त्रमा फँसेर गोर्खाहरूको शक्ति नष्ट गर्ने विरोधी हुनु हो। यसकारण यस्तो जीटीए  खारेज गरेर मोर्चा टास्क फोर्समा नै सम्मिलित हुनुपर्छ।
अनि संयुक्तरुपले राष्ट्रियस्तरमा छुट्टै राज्यको आन्दोलन गर्नुपर्छ। यदि मोर्चा इमान्दार छ भने यसै गर्ने छ। यही कुरा मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीसित राख्दा तिनले भने, टास्क फोर्सले जीटीएलाई कतिको अध्ययन गरेको छ त्यो थाहा छैन। तर मोर्चाको प्रभाव तराई र डुवर्समा पनि छ भनेर थाहा हुनुपर्छ। किन भने मोर्चाले तराई र डुवर्सका गोर्खा बाहुल क्षेत्रमा आफ्नो प्रभुत्व जमाइसकेको छ। माकपाले मिल्नै नदिने आदिवासीहरूसित मोर्चाले मिल्ने परिस्थिति बनाइसकेको छ। उनीहरू जीटीएमा आउन तयार छन्‌। यहॉंसम्म कि तराई र डुवर्समा मोर्चाको कतिवटा सीटमा प्रभाव पार्छ भन्ने कुरा देखाइसकेको छ। यस्तोमा लाग्दैन कि सरकारले मोर्चालाई अन्डरमाइन गर्छ। तिनले अझ भने, मोर्चाले तराई र डुवर्समा किल्ला गाडिसकेको छ, जो अरु कुनै पनि राजनैतिक दलले गरेन। आदिवासीलाई आफ्नो पक्षमा ल्याएका छौं। हाइपावर कमिटी बसायौं। यसको अर्थ हो तराई र डुवर्समा मोर्चा छ भन्ने कुरा सरकारले मान्नु। यसैकारण नै त्यहॉं उनीहरू छन्‌ अनि उनीहरूलाई अलग व्यवस्था हुनुपर्छ भनेर नै हाइपावर कमिटी बसाइएको हो। यति गरिसकेपछि पनि टास्क फोर्सले भन्छ कि उनीहरूसित वेटर प्रोग्राम छ। देखाओस्‌ त्यो प्रोग्राम, हामी कन्भिन्स भयौं भने हामी टास्क फोर्समा नै लाग्छौं। यति भन्दा भन्दै पनि तिनले टास्क फोर्सलाई उल्टै भने, दिल्लीलाई बझाउँदा पनि नभएको कुरा मनिपुरलाई बुझाउँदा हुन्छ भन्नु चॉंही पत्याउने कुरा होइन। किन भने मोर्चाले राज्य र केन्द्रको सम्बन्धले गोर्खाहरूको राजनीति र आन्दोलनलाई कसरी प्रभाव पार्छ भनेर केलाएर बसेका छौं। उच्चस्तरीय प्रतिनिधिहरूसित कुरा गरेर बसेका हौं। जनताको आकांक्षा दाउमा लागेको छ। यसलाई सानो राजनैतिक दाउपेच भनेर टास्क फोर्सले मान्छ भने त्यो कस्तो राजनीति हो हामी बुझिहाल्छौं। टास्क फोर्सले हामी पनि छौं भन्ने कुरा बुझाउने राजनीति गर्दै छ। तिनले अझ भने, टास्क फोर्सले हाम्रो भूल देखाओस्‌। यसो गर्दा मुद्दा छिटो छिर्छ भन्ने कुरा बताओस्‌। केवल मोर्चा टास्क फोर्समा आइज भनेर हुँदैन। मुद्दा छिट्टो भन्दा छिट्टो पार लाग्ने ब्लूप्रिन्ट उनीहरूसित के छ, देखाओस्‌। छ उनीहरूसित ब्लूप्रिन्ट? यदि यस्तो ब्लूप्रिन्ट टास्क फोर्ससित छ भने मोर्चालाई देखाओस्‌। त्यसले मोर्चा कन्भिन्स्‌ भयो भने मोर्चा टास्क फोर्सको पछि लाग्ने छ। काम गर्नेलाई मात्र थाहा हुन्छ काम गर्नु कति साह्रो छ। दुइचारजना आफ्नो मान्छे बटुलेको जस्तो काम होइन मोर्चाले गरेको काम। कोलकातासम्म प्रभाव पार्ने राजनीति मोर्चाले गरेको छ। फोर्सले मानोस्‌ नमानोस्‌, तर मोर्चाले त्यस्तो काम गरेको छ, जो अघिल्ला दलहरूले गरेन। अहिलेसम्म मुद्दा पार लाग्ने ब्लुप्रिन्ट देखाएको छैन। बारम्बार मोर्चालाई आइज भन्छ। यस्तो खाले राजनीतिलाई मोर्चाले पत्याउँदैन।

0 comments: on "‘टास्क फोर्सको ब्लुप्रिन्ट खोइ’"