मुख्य समाचार :


दावा शेर्पा लिगमा फिर्ता हुने?

कालेबुङ, 4 मार्च।
25 अप्रेल 2011 को दिन गोर्खालिगले गोर्खालिगका तत्कालीन कार्यकारी अध्यक्ष दावा शेर्पालाई दल निकाला गर्ने उपक्रम चल्दै गर्दा शेर्पाले राजिनामा दिएका थिए।
दलबाट निस्किएका दावा शेर्पालाई दलमा फर्किने अपील गर्दै 2 मार्चको दिन लिगले पत्र पठाएको सूत्रले बताएको छ। विधानसभा चुनाउमा गोर्खालिग कार्यकारी अध्यक्ष दावा शेर्पाले पार्टीको पक्षमा धेरै सक्रियता देखाएको भए पनि तिनलाई पार्टीको हितमा चुनाउ प्रसारप्रचारमा सक्रियता नदेखाएको आरोप लगाइएको थियो।
 यसबेला निक्कै विवाद चलेको भए पनि दावा शेर्पाले त्यस सम्बन्धमा खासै प्रतिक्रिया गरेका थिएनन्‌। तिनले त्यसबेला भनेका थिए, मैले गर्नुपर्ने सबै गरिदिएको हुँ। दावा शेर्पा अनि मनोज देवानले 25 अप्रेल 2011को दिन पार्टी छोडेका थिए। त्यसको ठीक दस महिनापछि गोर्खालिग अध्यक्ष भारती तामङले दावा शेर्पा अनि मनोज देवानलाई संयुक्तरुपले पत्र लेख्दै उनीहरूलाई लगाइएको आरोप फिर्ता गरिएको  जनाइएको सूत्रले बताएको छ। गोर्खालिगले दावा शेर्पा अनि मनोज देवानलाई दलबाट निकाल्नुपूर्व नै दुवै जनाले राजीनामा पत्र बुझाएका थिए।

            त्यही आरोप र राजीनामामाथि भारती तामङको अध्यक्षतामा बसेको बैठकमा छलफल गरिएको अनि चुनाउ सम्बन्धमा लगाइएको आरोप पिर्ता लिएको अनि राजिनामा पनि अस्वीकृत गरिएको पत्रमा लेखिएको छ। शेर्पालाई पार्टीमा आएर कार्यबार सम्हालिदिने अपील गरिएको पनि सूत्रले बताएको छ। यस सम्बन्धमा दावा शेर्पासित जान्न चहॉंदा तिनले यसबारेमा केही नबोल्ने बताए। तिनले भने, पत्र आएको सॉंचो हो, यस बारे म अहिले नै विचार गर्न सक्दिन। अहिले नै केही भन्न सक्दिन।
तिनले लिगभित्र आउने नआउने सम्बन्धमा पक्का उत्तर दिएनन्‌। जुन आरोप उनीहरूलाई लगाइएको थियो, त्यसबारे पनि तिनले बोलेनन्‌। यद्धपि लिगमा शेर्पा सक्रिय नेताकोरुपमा रहेका थिए। मदन तामङपछि लिगको वागडोर सम्हाल्ने खॉंटी नेताको आवश्यकता तिनले पुरा गरेका थिए। संकटमा लिगलाई उचित मार्गमा राख्दै मदन तामङको सपना पूरा गर्ने पक्षमा तिनी कटिबद्ध थिए। तिनलाई दलबाहिर गरिएपछि गोर्खालिग अझ ध्वस्त बनेको थियो।
गोर्खालिगका नेताहरूले पार्टीबाट बिनाकारण राजिनामा दिने क्रम शुरु भएको थियो। अहिले गोर्खालिगमा नेतृत्व संकेट परेको छ। यस्तो अवस्थामा दावा शेर्पाले भारती तामङको पत्रलाई कसरी लिने हुन्‌ केही निश्चित छैन। दावा शेर्पा लिगमा गए लिगको राजनैतिक कार्यक्रम र कार्यसोंचको नयॉं गरी निर्माण हुन सक्ने भने प्रसस्त सम्भावना रहेको छ।

0 comments: on "दावा शेर्पा लिगमा फिर्ता हुने?"