मुख्य समाचार :


10-12 दिनभित्रमा जीटीए

मनोज वोगटी
कालेबुङ, 2 मार्च।
आफ्नै ठाउँमा आएकी मुख्यमन्त्रीसितको बैठकमा मोर्चाले कुनै नयॉं कुरा पाएन। यद्धपि गोखार्र् जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले भने पहाड विकासका धेरैपक्षलाई लिएर मुख्यमन्त्री ममता व्यानर्जीसित कुराकानी भएको बताएका छन्‌।

मुख्यमन्त्री ममता व्यानर्जीसित मोर्चाका तीन विधायक लगायत पार्टी अध्यक्ष विमल गुरूङ अनि महासचिव रोशन गिरीले कुराकानी गरे। विकासको कुरा अतिरिक्त मोर्चाले मुख्यमन्त्रीसित जीटीए सम्बन्धमा पनि कुरा राख्यो। रोशन गिरीले भने, मुख्यमन्त्री ममता व्यानर्जीले जीटीए गठनमा 10 देखि 12 दिन लाग्नसक्ने आशा गरिएको मोर्चालाई बताएकी छन्‌।

राज्यको पक्षबाट जीटीएको निम्ति सबै औपचारिकता पूरा गरिसकेको छ। केहीदिनमा नै राष्ट्रपतिकोमा अनुमोदनको निम्ति जानेछ। त्यसपछि जीटीए गठन हुनेछ। तिनले गरिएको एक प्रश्नको उत्तरमा भने, भनेको समयमा जीटीए भएन भने दोष हाम्रो होइन। हामीले त 27 मार्चसम्मको डेट लाइन दिएका छौं। स्पष्ट छ, 27 मार्चसम्ममा जीटीए भएन भने मोर्चा आन्दोलनमा उत्रनेछ। मुख्यमन्त्रीको आश्वासनमा कतिको विश्वास लागेको छ भन्ने कुरामा तिनले भने, मन्त्रालयहरूलाई मागिएको विचार गृहमन्त्रालयले प्राप्त गरिसकेको छ। कानून मन्त्रालयमा मन्त्रालयहरूको विचार पुगेको छ। तिनले मुख्यमन्त्रीसितको भेटले आफूहरू खुशी रहेको बताए पनि मोर्चा अध्यक्ष विमल गुरूङ पत्रकारहरूको सामु परेनन्‌। तिनी सोझै मुख्यमन्त्रीसित कुराकानीपछि कसैसित भेटघाट नगरी दार्जीलिङ हानिए।

 विमल गुरूङ दार्जीलिङ फर्किएपछि महासचिव रोशन गिरी अनि विधायक डा. हर्कबहादुर छेत्रीले पत्रकारसम्मेलन डाक्दै मुख्यमन्त्रीसित भएको कुराकानीबारे बताए। गिरीले बताए अनुसार मुख्यमन्त्रीलाई मोर्चाले दार्जीलिङमा एउटा विश्वविद्यालय निर्माण गर्नुपर्ने अपील राख्यो। जसलाई मुख्यमन्त्रीले हरियो संकेत दिएको गिरीले बताए। तिनले बताए अनुसार विश्वविद्यालय जटीएको गठन भएपछि नै निर्माण हुनेछ। तिनले दार्जीलिङमा नै मेडिकल कलेज पनि बनाइने सम्बन्धमा मुख्यमन्त्रीसित मोर्चाको कुराकानी भयो।

तिनले भने, इञ्जिनियर कलेजको पनि निर्माण हुनेछ। यसको खर्चपात एनएचपीसीले बेहोर्नेछ। मुख्यमन्त्रीले यसै बैठकमा दार्जीलिङ जिल्ला प्रशासकलाई दागोपाप क्षेत्रमा जमीन खोज्ने जिम्मा दिएको पनि गिरीले बताए। बिजुलीको बील र टेलिफोनको बील माफबारे पनि मुख्यमन्त्रीसित कुरा उठेको तिनले बताए। यद्धपि तिनले नै बिजुलीको बील माफ भइसकेको अघिबाट नै बारम्बार घोषणा गर्दै आइरहेका थिए। तिनले भने, ममता व्यानर्जीलाई अहिले उपभोक्ताले अत्याधिक बिजुलीको बील भुक्तान गर्नु परिरहेकोबारे जनाइयो। बिजुलीको पुरानो बील माफी हुनुपर्छ भन्ने कुरामा पनि मोर्चाले जोड दियो। टेलिफोन लाइन काटिन थालेको छ। यसबारे पनि अवगत गराइयो। तिनले बील सम्बन्धको समस्या हेर्ने र समाधान निकाल्ने जिम्मा दागोपाप प्रशासक अनिल वर्मालाई मुख्यमन्त्रीले बैठक अवधी नै सुम्पिएको पनि गिरीको ठोकुवा छ।

 मुख्यगरी मोर्चाले गरेको छुट्टै राज्यको आन्दोलन अवधी मोर्चाका नेता र कार्यकर्ताहरूलाई लागेको कानूनी मुद्दा माफ हुनुपर्ने सम्बन्धमा पनि मोर्चाले मुख्यमन्त्री ममता व्यानर्जीसित अपील गरेको गिरीले भने। तिनले भने, केश विड्र गर्नको निम्ति मुख्यमन्त्रीले होम सेक्रेटेरीसित कुरा गरिन्‌। यसको रिव्यु र विड्रको निम्ति होम सेक्रेटेरीको अगुवाईमा एउटा कमिटी बनाइने भएको छ। कमिटीले छानबिन गरेर यो समस्याको पनि समाधान गरिने भएको छ। तिनले गोर्खा युवाहरूलाई शैन्यको विभिन्न क्षेत्रमा भर्ना गर्ने सम्बन्ध लगायत मार्चसम्ममा दोब्बर दिइरहेको राशिनलाई अझ वृद्दि गर्ने भएको पनि गिरीले थपे। यस सम्बन्धमा खाद्य मन्त्रीसित मुख्यमन्त्रीको कुरा भइसकेको छ-तिनले भने।

0 comments: on "10-12 दिनभित्रमा जीटीए"