मुख्य समाचार :


राशिन नखानेलाई समस्या थाहा हुँदैन-सुन्दास

कालेबुङ, 7 फरवरी।
धेरैपल्ट मोर्चा अध्यक्ष विमल गुरूङबाट चेतावनी पाइसकेका माकपा नेता तारा सुन्दासले आज पनि राशिनको अनियमित्ताको कुरा उठाएका छन्‌।

हिजो मात्र विमल गुरूङले तिनलाई राशिनको आँटाको बोरा देखाएर मोर्चाको विरोध गरेको आरोप लगाउँदै यस्ता जनता विनाका नेतालाई मीडियाले प्राथमिकता दिनु नहुने बताएका थिए।
हिजोदेखि विमल गुरूङ कालेबुङमा नै छन्‌। तिनले आज लगत्तै फेरि राशिनमा सरकारी अनियमित्ता भएको अनि यसले खटिखाने अथवा राशिन थापेर पेट भर्नेहरूलाई समस्या भएको कुरा गरे। किनले कालेबुङ खाद्य विभागका अधिकारीसित भेटघाट गर्दै किन कालेबुङमा राशिनमा व्यापक अनियमित्ता छ भन्ने प्रश्न उठाए। तारा सुन्दास अनुसार बितेको हप्ता कालेबुङ र खरसाङले राशिन पाएन।

जब कि दार्जीलिङले भने राशिन पायो। तिनले अधिकारीलाई प्रश्न गर्दै एउटै जिल्ला खाद्य नियन्त्रकबाट वितरण हुने राशिनमा किन दार्जीलिङले पायो अनि किन कालेबुङ र खरसाङले पाएन भन्ने प्रश्न गरे। अधिकारीले खाद्य नियन्त्रक पर्षदबाट नै निर्देश भएकोले राशिन नबॉंडेको बताएको तारा सुन्दासले बताएका छन्‌। तिनले शीघ्र्र नै कालेबुङमा राशिन नियमित गरिनुपर्ने माग गरेका छन्‌। तिनले दुइ महिनादेखि कालेबुङमा चिनी नबॉंडिएको आरोप पनि लगाए। तिनले सोमबार र मङ्गलबार बॉंडिने राशिनमा चिनी पनि बॉंडिनुपर्ने माग गरेका छन्‌। अर्कोतिर तिनले राशिन खानेहरूमाथि भएको सरकारी अत्याचारको विरोध गरेर न्यायको लडाईँ गर्दा रिसाउने विमल गुरूङलाई कटाक्ष गर्दै भने, मेरोमा राशिन कार्ड छ। म राशिन थापेर खान्छु।

राशिनको चामल र पिठो नखानेलाई समस्या थाहा हुँदैन। राशिनको चामल र पिठो थापेर खानेलाई राशिन नपाउँदा हुने समस्या थाहा हुन्छ। कहिले राशिन खाएको भए पो कुरा बुझ्थ्यो। म गरीबहरूको निम्ति बोल्ने मान्छे हुँ। कसैले नबोल भन्दा नबोल्ने मान्छे होइन।

0 comments: on "राशिन नखानेलाई समस्या थाहा हुँदैन-सुन्दास"