मुख्य समाचार :


जीटीए समयमा नै गठन हुनेछ : राज्यपाल

सिलगढी, 7 फरवरी।
प्राय: 44 महिना लामो आन्दोलनपछि गोजमुमोले पहाडको नयॉं व्यवस्थाको रूपमा त्रिपक्षीय समझौतामा हस्ताक्षर गरेको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) गठनमा ढिल्याइँ भइरहेको बताउँदै यसको गठन चॉंडै हुनपर्ने आवाजलाई उच्च बनाउँदै आइरहेको समयमा राज्यका राज्यपाल एमके नारायणले आज जीटीए समयमा नै गठन हुने बताए।
राज्यपाल एमके नारायण
छुट्टी अवधि आफ्नो तीन दिवसीय दार्जीलिङ भ्रमणमा आइपुगेका राज्यपाल नारायण यहॉं एनजेपीमा पदातिक एक्सप्रेसबाट झरेपछि संवाददातासॅंगको छोटो कुराकानी अवधि पहाड सम्बन्धी प्रश्नको उत्तरमा भने, म जीटीएको निम्ति आएको होइन।

केवल छुट्टी बिताउन आएको हुँ। उनले थपे, जीटीए समयमा नै बनिनेछ। ज्ञात रहोस्‌, राज्यपालले आफ्नो तीन दिवसीय भ्रमण अवधि पहाडको चियाकमान साथै हिमालयन माउण्टेरिङ इन्स्टिट्युटको भ्रमण गर्नेछन्‌। राज्यपालको यस प्रकारको वक्तव्यले जीटीए गठनमा ढिल्याइँ नभएको सरकारको पक्ष बुझियो। तथापि, समझौता अवधि जीटीए चॉंडै गठन हुने बताइएको थियो।


तर 6 महिनाभित्र पनि जीटीए गठन हुन नसकेपछि पहाडको शक्तिशाली पार्टी गोजमुमोले राज्य सरकारको जीटीएप्रति रहेको नीतिसॅंग असन्तुष्टि व्यक्त गर्दै यो चॉंडै गठन गरिनुपर्ने आवाजलाई उच्च बनाइरहेको छ। गोजमुमोले जीटीए गठन ढिलो भएको बताउँदै मार्चसम्म जीटीए गठन नभए अप्रेलदेखि पुन: पृथक राज्य गोर्खाल्याण्डको आन्दोलन चर्काउने 1 फरवरीको दिन नै घोषणा गरिसकेको छ। राज्यपालको यस वक्तव्यले जीटीए मार्चभित्र नै गठन हुनसक्ने छॉंट देखा परेको छ।

0 comments: on "जीटीए समयमा नै गठन हुनेछ : राज्यपाल"