मुख्य समाचार :


च्यानल प्रसारण हुनुपर्ने पॉंच पार्टीको माग

कालेबुङ, ११ फरवरी|
माकपा, क्रामकपा, यूजिआरएफ, गोरामुमो-सी अनि क्रामाकपाद्वारा कालेबुङमा प्रतिवन्धित गरिएका च्यानलहरूलाई यथाशीघ्र प्रसारण गर्न दिनपर्ने सम्बन्धमा सबै पार्टीको हस्ताक्षरित पत्र आज केबल मालिकलाई दिइएको छ|

कालेबुङमा दैनिक रूपमा चल्दै आइरहेका च्यानलहरू कसरी एकाएक बन्द भयो भन्ने पक्षमा माकपा नेता सुन्दासले केबल मालिकलाई स्पष्टिकरण मागेको बताए| सामाजिक वातावरण खराब गर्ने अनि एकाअर्कालाई दोष्याउने, हीन भावना राख्ने साथै अभद्र भाषा प्रयोगको कारण नै च्यानलहरू बन्द गरिइएको केबल मालिकसितको भेटअवधी बताइएको माकपा नेता तारा सुन्दासले बताए|

च्यानलहरूलाई अविलम्ब शुरू गर्नुपर्ने बताउँदै तिनले भने, सम्पूर्ण राजनैतिक दल, सङ्घ-संस्था आदिले सर्वसाधरणको हीतको निम्ति गरिने कार्यमा एकाअर्कालाई हीन तुल्याउने किसिमको भाषा प्रयोग गर्न कदापी हुँदैन| सबैले संसदीय भाषा प्रयोग गर्न जुरुरी छ| अहिले हरेक दोेकानमा, गल्ली गल्लीमा च्यानल बन्दको चर्चा छ| पत्र-पत्रिकामा प्रकाशित समाचारको आधारमा हो भने गोजमुमोले च्यानल बन्द गरेको होइन| मालिकपक्ष आफैले बन्द गरेको हो| क्याबल मालिक पक्षले समचार च्यानलहरुको प्रसारणमा रोक लगाएर यदि कुनै एउटा राजनैतिक पार्टी विशेषको कार्यक्रम मात्र प्रसारण गरे उक्त बिषयमा केबल मालिक पक्षलाई मुद्दा हलिदिने सुन्दासले चेतावनी दिएका छन्|

भाषा, साहित्य, धार्मिक, सामाजिक एवं राजनातिक पक्षहरूलाई समेटेर जातिको विकासको निम्ति कार्य गर्ने च्यानलहरू एकाएक बन्द गर्दा जातिको सर्वाङ्गिन विकासमा नै अवरोध भएको सुन्दासले बताए| कालेबुङका पत्रकारहरूले जुन भूमिका निर्वाह गरिरहेका छन्, त्यो सलाम गर्न योग्यको रहेको भए पनि राजनैतिक दवाबको कारण पत्रकारितामाथि हुने दवाबलाई भने माकपाले सधैँ विरोध गरेको पनि तिनले बताएका छन्|

0 comments: on "च्यानल प्रसारण हुनुपर्ने पॉंच पार्टीको माग"