मुख्य समाचार :


सिक्किम राज्यका विधायक मदन सेन्चुरीेद्वारा समाज भवनको निम्ति 51 हजार रुपियॉं प्रदान

कालेबुङ 12 फरवरी:
मुख्य अतिथि बनेर कार्यक्रममा उपस्थित बनेका सिक्किमका विधायक मदन सेन्चुरीले समाज भवनको निम्ति आज 51 हजार रुपियॉं प्रदान गरे। तिनी विश्वकर्म समाज कालेबुङको आज 86 औँ स्थापना दिवसको निम्ति कालेबुङ आएका थिए। कार्यक्रममा समाजमा रहेर लामो समयदेखि विभिन्न क्षेत्रहरुमा सेवा गर्दै आईरहेका बिश्वकर्म समाजका मानिसहरुलाई सम्मान जनाईयो।

मुख्य अतिथिको बाहुलीबाट दिप प्रज्वलन गरेर शुरु भएको कार्यक्रममा समाजका अध्यक्ष सीएस खातीले स्वागत भाषण सम्बोधन राखे। कार्यक्रममा विभिन्न क्षेत्रहरुबाट आएका विश्वकर्म समाजका मानिसहरुले लोक गीत तथा लोक नृत्य प्रस्तुत गरे। यसै अवसरमा समाजको पक्षबाट विभिन्न क्षेत्रमा सेवा गर्दै आईरहेका सीके लोहार, शैलेन्द्र घतानी, भानुभक्त लामिछाने, निशान्त सिह, दिनांकर दर्नाल अनि मंगलसिह घिमिरे आदिलाई मुख्य अतिथि तथा विशिष्ट अतिथिहरुको बाहुलीबाट प्रशस्ति पत्र प्रदान गरि सम्मान जनाईयो।  मुख्य अतिथि मदन सेन्चुरीले समाजको 86 स्थापना दिवसको अवसरमा सबै समाजका कार्यकर्ताहरुलाई बधाई दिदै समाजको हितमा सबैले सकारत्मक कार्य गर्नुपर्ने सुझाव राखे।

0 comments: on "सिक्किम राज्यका विधायक मदन सेन्चुरीेद्वारा समाज भवनको निम्ति 51 हजार रुपियॉं प्रदान"