मुख्य समाचार :


च्यानल बन्दमाथि राजनैतिक आवाज तीब्र क्रामाकपाले गर्‍यो पोष्टरिङ

मनोज वोगटी
कालेबुङ,12 फरवरी:
कालेबुङका पॉंचवटा समाचार च्यानलहरू गोजमुमोको दवाब अनि मालिकको डरको कारण बन्द भएपछि यसलाई लिएर आवाज उठान शुरू भएको छ। उता बाघ करायो यता बाख्रा हरायो भन्ने उक्ति झैं देखिएको समाचार च्यानल प्रकरणले ठूलै रुप लिने सम्भावना देखिएको छ। यसै सम्बन्धमा आज कालेबुङको विभिन्न ठाउँमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले पोष्टरिङ गरेको छ। क्रामाकपाले भनेको छ, यता चियपवा करायो उता बाख्रा हरायो। किन भने विमल गुरूङले दुइदिन लगातार कालेबुङका च्यानलहरू बन्द घर्ने धम्की दिएका थिए।

गुरूङले ती च्यानलहरूलाई मुद्दा हाल्ने समेतको चेतावनी दिएका थिए। तर तिनको चेतावनीलाई कालेबुङका पत्रकारहरूले पत्तो दिएनन्‌ अनि पत्रकारहरूले आफ्नो धर्म निभाइरहे। तर यसको फलस्वरुप कालेबुङमा हठात पॉंचवटा च्यानलहूर बन्द गरियो। मोर्चाले बन्द नगरेको भए पनि प्रत्यक्षरुपले मोर्चाले नै बन्द गरेको सबैलाई थाहा रहेको क्रामाकपाको भनाइरहेको छ। पॉंचवटा समाचार च्यानलहरू बन्द गरिए पनि अन्य च्यानलहरूले लगातार केवल मोर्चाको कार्यक्रमहरू मात्र प्रसारण गरिरहेको छ। यसमा पनि क्रामाकपाले आपत्ति जनाएको छ।

क्रामाकपाको भनाइ स्पष्ट छ, समाचार देखाउनु गैरकानुनी हो भने त्यो सबैलाई लागू हुने कुरा हो। तर यहॉं मोर्चाका क्रायक्रमहरू प्रसारण भइरहेको छ, के त्यो कानूनी हो? पोष्टरमा लेखिएको छ, यदि लोकल क्याबलबाट समाचार प्रसारण गर्नु गैर कानूनी हो भने अन्य कार्यक्रम प्रसारण हुने च्यानलहरुलाई किन उक्त नियम लागु हुँदैन? यता क्रामाकपाले प्रत्यक्षरुपले च्यानल बन्द हुनु अनि कालेबुङका पत्रकारहरू मोर्चाको धम्कीबाट नै असुरक्षित रहेको बताइरहेको छ भने अर्कोतिर गोर्खा जनमुक्ति मोर्चापत्रकारहरूको पक्षमा नै रहेको मोर्चाका केन्द्रिय समिति सदस्य सामुएल गरुङले बताएका छन्‌। तिनले डम्बरचोकमा भएको युवा नारी मोर्चाको पथसभालाई सम्बोधन गर्दै यसितो आशय प्रकट गरेका हुन्‌। तिनले क्रामाकपालाई पनि च्यानलहरू बन्द हुनुको खास कारण बुझेर मात्र टिप्पणी गरिदिने सुझाव गुरूङले क्रामाकपालाई दिएका छन्‌। तिनले भने, कालेबुङमा लोकल मिडियाहरुले मोर्चाको आन्दोलनलाई यहॉंसम्म ल्याउँन सहयोग गरेका हुन। तर कतिपय कुराहरुमा अप्ठ्यारो पर्ने कुरा बुझेर क्याबल मालिक पक्षले समाचार प्रसारणमा रोक लगाउँदा यसको आरोप मार्चालाई लगाइएको छ। यसो गर्नु हुँदैन।

गुरूङले यसो भने पनि मालिक पक्षबाट ओङ्‌कार सैनीले भने मोर्चाबाट नै दवाब ाएको बताउँदै लाखौंको व्यवसाय हानि हुने डरले च्यानल बन्द गरेको स्पष्टिकरण दिइसकेका छन्‌। मालिकको कुरा अनुसार हो भने तिनको व्यवसाय हानि हुने कुरा मोर्चालाई नै इङ्गित गरेर भनेका छन्‌। यता सामुएल गुरूङले लोकल क्याबलमा समाचार प्रसारण गर्दा हुने कतिपय तक्निकी असुबिधाहरु रहेको अनि उक्त तक्निकी असुबिधाहरुबारे समाचार च्यानलकर्मीहरुले मोर्चालाई सहयोग मागे मोर्चाले सहयोग गर्ने पनि बताएका छन्‌। यता लोकल च्यानलहरू बन्द भए पनि लोकल कनेख्सनहरू काट्‌ने कार्य दर्शकहरूले शुरू गरिसकेको पनि थाहा लागेको छ। एक सूत्रले बताए अनुसार उनीहरूले क्याबल जडान गरेको लोकल च्यानलको निम्ति नै हो। च्यानल नै नरहेपछि क्याबल जोडिरहने आवश्यक्ता छैन।

यता नागरिुक अधिकार मञ्चले नागरिकलाई सूचना नै नदिइ च्यानल बन्द गर्नु नागिक अधिकारको विरुद्ध हो। ऐन अनुसार लोकल च्यानलहरू प्रसारण गर्न पाउँछ तर यसको निम्ति श्रेत्रीय प्रशासणको सुझबुझ अनिवार्य पर्छ। जम्मु कश्मिरमा पनि यस्तै समस्या आएको थियो तर मुख्यमन्त्रीको हस्तक्षेपमा क्षेत्रीय प्रशासणको सुझबुझमा त्यहॉं लोकल च्यानल प्रसारण गर्न दिइएको थियो। केबल अप्रेटरले अहिलेसम्म गैरकानूनीरुपले च्यानलहरू सञ्चालन गरिरहेको कुरा खुलासा भइसकेको छ। यस सम्बन्धमा तिनलाई केवल मोर्चाले मात्र होइन जो पनि सचेतले मुद्दा हाल्न सक्ने देखिएको छ। कसैलाई पाखा कसैलाई काख गरिएमा निश्चय नै केबल अप्रेटरलाई अरुले पनि मुद्दा हाल्न सक्ने प्रवीण गुरूङले केही दिन अघि दिएको टिप्पणीले स्पष्ट बएको छ।

0 comments: on "च्यानल बन्दमाथि राजनैतिक आवाज तीब्र क्रामाकपाले गर्‍यो पोष्टरिङ"