मुख्य समाचार :


सुसीले गर्‍यो सरकारको नीति बिरुद्ध हस्ताक्षर संग्रह

कालेबुङ 12 फरवरी:
राष्ट्रियस्तरमा नै भइरहेको हस्ताक्षर संग्रह गर्ने कार्य कालेबुङमा पनि एसयूसीआईले गर्‍यो। देशमा वृद्धि भइरहेको अगणतान्त्रिक क्रियाकलाप, सराकारको जनविरोधी नीति, चरममा पुगिरहेको भ्रष्टचारको बिरोधमा सुसीले पर्चा वितरणसित नै हस्ताक्षर संग्रह पनि गर्‍यो। गरिएको हस्ताक्षर 14 मार्चको दिन देशका प्रधान मन्त्रीलाई पेश गर्ने भएको छ। सुसी नेता शंकर पालले  बताए अनुसार सरकारले चलाएको गरीबमार नीतिको बिरोधमा नै देशभरिबाट हस्ताक्षर संग्रह गर्ने कार्य भइरहेको छ।

तिनले भने, सरकारले जनविरोधी नीतिहरु फिर्ता लिनु पर्छ। शंकर पालको नेतृत्वमा रहेको 4 जनाको टालीले आज यहॉंको थाना डॉंडामा उक्त हस्ताक्षर अभियान चलाएर चलाएका थिए जहॉं सबै बर्गका मानिसहरुले हस्ताक्षर गरे। सरकारको जनबिरोधी नीतिको बिरोधमा पालन गरिने पार्लामेन्ट अभियानामा देशका लाखौ मानिसहरुलाई सहभागी बनिदिने पालले आह्वान गरेका छन्‌।  पूँजीपतिहरुको एकक्षत्र शाषणमा गरिबहरु चेप्टिरहेको बॉंडिएको पर्चामा उल्लेख गरिएको छ।

0 comments: on "सुसीले गर्‍यो सरकारको नीति बिरुद्ध हस्ताक्षर संग्रह"