मुख्य समाचार :


मीडियाबाट शुरू गरेर तानाशाह स्थापना गर्ने षढयन्त्र भइरहेको क्रामाकपाको आरोप

कालेबुङ, ११ फरवरी|
कालेबुङको स्थानीय च्यानलहरूमा प्रतिबन्ध लगाइनु भनेको आफ्नो मोसो दलेको अनुसार सार्वजनिक हुने भयले ऐना फुटाउने प्रयास मात्र गरिएको क्रामाकपाले बताएको छ|

क्रामाकपाले कुनै दलको नाम नलिककन आरोप लगाउँदै च्यानहरू बन्द गरेर सत्य कुरा उजागर गर्नबाट वञ्जित गराउन खोजेको बताएको छ|यस सम्बन्धमा क्रामाकपा महासचिव तारामणि राईले भने, यदि च्यानल प्रतिबन्धित गर्ने दलमा दृड विश्‍वास अथवा आफू सही छु भन्ने भएको भए च्यानल बन्द गर्ने थिएन| आफ्नो दुर्बलता छ र त्यो अरूले नदेखोस्, पोल नखोलियोस भन्ने आशंकाले नै च्यानलहरू बन्द गरदिएको हो| तिनले अझ भने, सुपरिकल्पित ढङ्गमा कुनै शक्तिले षङ्यन्त्रपूर्वक अहिले पहाडमा संत्रास फैलाउने प्रयास गरिरहेको छ| खोला धमिलो भए माछा पक्रन सजिलो हुन्छ|

एकातिर जीटीएको ढिलाइ, अर्कोतिर टास्क फोर्सलाई माओवादीसित जोड्नु अनि फेरि त्यो आरोप छत्रमाथि खनाउनु जस्ता उटपट्याङ कुराहरू गरेर जनतालाई दिग्गभ्रमित पारेर संत्रासपूर्ण स्थिति बनाएर यहॉंको परिस्थितिलाई धमिल्याएर जब्बरजस्ती जीटीए थोप्ने प्रयास भइरहेको छ| जबकी टास्क फोर्सले राष्ट्रिय स्तरमा नै जीटीएले सर्वभारतीय गोर्खाहरूको समस्याको समाधान नहुने अनि जीटीए छुट्टै राज्यको निम्ति बाधा बनिरहेको कुराहरू गरिरहेकैले यहॉं साह्रो परिरहेको छ| यसरी जनतालाई विभिन्न कुराहरूद्वारा अन्योलमा पारेर फाइदा उठाउने षढ्यन्त्र भइरहेको राईले बताए|

च्यानलहरूलाई प्रतिबन्धित गर्नु मालिकको कारण अथवा कसैको चापको कारण भएको भएपनि केही च्यानलहरूलाई पूर्ण रूपमा प्रतिवन्ध लगाइनु अनि केही च्यानलहरूलाई भन्ने बोल्ने मौका दिनुले यहॉं कानुनी कुराले च्यानल बन्द नभएको बताउँदै राइले असन्तुष्टि जाहेर गरे| यदि कानुनी रूपले नै च्यानलहरू बन्द गरिएको भए कुनै च्यालनलाई चल्नै नदिने भन्नु अनि कुनैलाई कुरा राख्ने मौका दिनु के हो भन्ने राईले प्रश्‍न तेर्साए|

पत्रकारहरूलाई धम्क्याइनु अनि च्यानलहरू बन्द गर्नु यो मिडियाकर्मीमाथिको मात्र आक्रमण नरहेर यो गणतन्त्रमाथिको आक्रमण रहेको बताउँदै राईले भने, गणतन्त्रको चौथो स्तम्भमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुन्छ| पत्रकारहरूलाई चौथो स्तम्भको भूमिकाबाट वञ्चित गराउनुको अर्थ आज मिडिया, भोलि न्यायपालिका, पर्सी कार्यपालिका हुँदै विधानपालिसम्ममा पनि हस्तक्षेप हुनसक्छ| तानाशाहाहरूले गरेको गणतन्त्रमाथिको हस्तक्षेपले गरिबहरू, निमुखाहरू नै धेर पिरोलिन पर्छ| गणतन्त्रमा सबैले बोल्ने मौका पाउनुपर्छ|

पत्रकारहरूलाई निष्पक्ष रूपमा कार्य गर्न दिनुपर्छ| मिडियादेखि शुरू गरेर गणतन्त्रको पहिलो स्तम्भसम्म नै हस्तक्षेप गर्नसक्ने कुरामा तिनले हिटलरको उदाहरण दिए| जब जर्मनमा फ्यासिज्म शुरू भयो त्यसबेला सर्वप्रथम हिटलरले धर्ममाथि आफ्नो कब्जा जमाए| धर्ममाथि मात्र कब्जा भएको हो हामीमाथि हुँदैन भनेर ढुक्क पर्दा एकदिन हिटलरले जम्मै आफ्नो कव्जामा लिए| यसरी नै आज मीडिमाथि भयो हामीमाथि हुँदैन भनेर ढुक्क लागेर बस्दा मीडियादेखि आक्रमण शुरू गर्नेहरूले पहाडमा तानाशाह स्थापना गर्न सक्छ-तिनले भने| यसैले पत्रकारहरू पनि एकजुट हुन आवश्यक रहेको अनि सङ्घ-संस्था, राजनैतिक दल, लगायत जनसाधरण चुप लागेर बस्नुनहुने राईले सुझाउ राखे| च्यानलहरू बन्दको विरोधमा क्रामाकपाले घोर प्रतिवाद जनाउँदै कनै ठोस कदम उठाउने भएको राईले बताए|

0 comments: on "मीडियाबाट शुरू गरेर तानाशाह स्थापना गर्ने षढयन्त्र भइरहेको क्रामाकपाको आरोप"