मुख्य समाचार :


कालेबुङ महाविद्यालयमाथि फेरि बर्सिए सुन्दास

टेन्डर नोटिसमा एकवर्षअघिको हस्ताक्षर रहेको आरोप 
प्रज्ज्वल छेत्री 
कालेबुङ,२१ फरवरी|
कालेबुङ महाविद्यालयको पुस्तकालय भवन निर्माणको निम्ति टेण्डर पारदर्शी नभएको आरोप आज फेरि पनि माकपा नेता तारा सुन्दासले लगाएका छन्|

तिनीअनुसार २८ दिसम्बर २०१२ मा महाविद्यालयले पुस्तकालय भवनको निम्ति टेण्डर नोटिस जारी गरेको थियो जसको अन्तिम मिति १८ जनवरी २०१२ तोकिएको थियो| पहिलो नोटिस के कारणले खारेज भयो आफूलाई केही थाहा नभएको बताउँदै महाविद्यालयले ३१ जनवरी २०१२ मा फेरि त्यही कामको निम्ति अर्को नोटिस जारी गरेको सुन्दासले बताए| विशेष एउटै कामको निम्ति दोस्रोपल्ट नोटिस जारी गरिनुमा सुन्दासको आपत्ती नरहेको भएपनि ३१ जनवरी २०१२ मा निस्केको नोटिसमा २१ जनवरी २०११ को दिन हस्ताक्षर गरिएको कागज देखाउँदै सुन्दासले आपत्ति जनाए|  टेण्डर नोटिस  जारी गरिएको मिति २०१२ तर सचिवको हस्ताक्षर  भएको मिति २०११ अथवा नोटिस निस्केको  एकवर्ष अघि हस्ताक्षर कसरी भयो सुन्दासले प्रश्‍न उठाए| यसैले कालेबुङ महाविद्यालयले पारदर्शी रूपमा कार्य नगरिरहेको सुन्दासले यसरी पुष्टि गरे| महाविद्यालपक्षमाथि यति मात्र होइन अर्को आरोप पनि सुन्दासले थोपे| तिनीअनुसार १८ दिसम्बर २०१० मा बसेको महाविद्यालय सञ्चालन समितिको बैठकअवधी महाविद्याल प्राचार्यको कार्यलाई हेरेर तिनलाई दिसम्बर २०११ देखि वेतन बाहेक मासिक ४ हजार २ सय रूपियॉं गरेर दिने तय भएको थियो| ४ हजार २ सय रूपियॉं दिनुपर्ने दिसम्बर २०११ देखि तर २०१० देखिकै प्राचार्यले पैसा खाइरहेको सुन्दासले व्यक्तिगत आक्षेप लगाउँदै अहिसम्म लगभग ६४ हजार रूपिँया फाल्तो  लिइसकेको तिनले बताए| यसबाहेक पनि   कालेबुङ महाविद्यालयमा १९९९ साल देखि नै कार्यरत दुइजना कर्मचारीहरू स्थायीकरण हुननसकेको बताउँदै यी दुइ कर्मचारीहरूको निम्ति  कालेबुङ महाविद्यालयको २६ लाखजति फाल्टो खर्च भइसकेको पनि सुन्दासले थपे| यी दुइ कर्मचारीहरूलाई स्थायीकरणको निम्ति आफूले धेरैपल्ट आवाज उठाएको भएपनि कुनै पहल नभएकोमा असन्तुष्टि जाहेर गरे| कसैलाई पूर्वाग्रह होस् अथवा कसैलाई दोष्याउनको निम्ति मात्र आफूले आवाज नउठाएको तर सॉंचो कुरालाई जनताअघि ल्याउन नै आफू अघि आएको सुन्दासले बताए|

0 comments: on "कालेबुङ महाविद्यालयमाथि फेरि बर्सिए सुन्दास"