मुख्य समाचार :


आलोचना गर्नेले मोर्चाको उपलब्धी भुल्नु हुँदैन-भोटिया

कालेबुङ,19 फरवरी।
गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन युवा मोर्चाका युवा नेता तोपदेन भोटियाले डम्बर चोकबाट भने, आलोचकहरूले केवल मोर्चाको आलोचना मात्र गर्छन्‌ तर मोर्चाले गरेको उपलब्धीको कुरै गर्दैनन्‌।

  तिनले यो कुरा मोर्चाले गोर्खाल्याण्ड थन्काएर जीटीएमा सम्झौता गर्‍यो भन्ने विपक्षको निम्ति गरेका हुन्‌। तिनी अनुसार मोर्चाले छुट्टै राज्यको मुद्दा छोडेको छैन। भनिएको जीटीए समयमा गठन भएन भने मोर्चाले यो आन्दोलनलाई अघि बढाउने छ।

तर अहिलेको आवश्यक्ता र परिस्थिति अनुसार पहाडको विकासको निम्ति मोर्चाले विभिन्न परियोजनाहरू शुरू गरिसकेको बताउँदै भने, गोरामुमोको भूल सुधार्नुमा नै मोर्चा ठिक्क भइरहेको छ। फिल इन्द व्लाङ्‌क भर्दै ठिक्क छ। गोरामुमोले चाहेको भए पहाडमा प्रसस्तै विकासको काम हुने थियो तर गोरामुमोले जहिले पनि जनतालाई समस्यामा राख्यो। त्यतिबेला कुनै पनि मन्त्रीहरू पहाड आएनन्‌। गोरामुमोकालभरि नआएका मन्त्रीहरू मोर्चाको समयमा एकै महिनामा आएका छन्‌।
 यति मात्र होइन भोटियाले अहिले जनतालाई आर्थिक मार रहेको अनि पहाडमा विकास अनिवार्य रहेकोले जीटीए हुन अघिदेखि नै विकास प्रक्रिया शुरू गरेको बताए। तिनी अनुसार मोर्चाले प्राप्त गरेको यही उपलब्धीलाई जनताले याद राख्नु पर्छ किन भने यस्तो कार्य कुनै पार्टीले गर्न सकेका छैनन्‌। तिनी अनुसार कालेबुङमा मोर्चाले नोभेल्टी सिनेमा हल अघि मल्टिकम्प्लेक्स र उच्चस्तरीय मोटर स्ट्याण्ड बनाउने योजना हातमा लिएको छ। केवल त्यहॉंका मानिसहरूमा रहेको कतिपय असुविधाको कारणले मात्र काम हुन सकेको छैन। यसरी नै दार्जीलिङको चौरास्ताको सुन्दरीकरणको निम्ति पनि मोर्चाले विशाल योजना हातमा लिइसकेको छ।

 जसको निर्माण प्रक्रिया शुरु हुनेवाला छ। खरसाङमा पनि मोटरस्ट्याण्ड बनाइने छ। मोर्चा कै प्रयासमा रम्बीमा ब्लक प्राइमेरी हेल्थ सेन्टर बनिसकेको छ। गोरुबथानमा कलेज र अस्पताल बनिनेक्रममा छ। तिनले भने, यसरी मोर्चाले विभिन्न ठाउँको विकासको निम्ति कार्यसूची बनाइसकेको छ अनि कति ठाउँमा काम भइरहेको छ अनि कति ठाउँमा प्रक्रियामा छ। मोर्चाले गरेको राम्रो कामलाई किन हेर्ने काम हुँदैन? तिनले प्रश्न पनि उठाए। तिनले मोर्चाले गरेको उपलब्धीमा कर्मचारीहरूको स्थायी करणलाई पनि प्रमुखरुपले व्याख्याय गरे। तिनले बताए अनुसार पहिलो चरणमा 84 जना, दोस्रो चरणमा 43 जना अनि तेस्रो चरणमा 111 जना शिक्षकहरूलाई नियुक्ति दिने काम भइसकेको छ। यसै गरी 269 जना एडहक शिक्षकहरूको नियुक्तिको प्रक्रिया शुरु भइसकेको छ। चरणचरण गरेर अस्थायीहरूलाई स्थायी गर्ने कार्य हुनेछ। दार्जीलिङ जिल्लाको निम्ति ग्रामीण बिजुलीकरणको निम्ति 117 करोड अनुमोदन भइसकेको पनि तिनले बताए। अर्कोतिर नगरपालिकामा 100 वटा गरीबहरूको निम्ति नयॉं घर बनाउने योजना पनि सरकारमा पुगिसकेको छ।

 यता कालेबुङबाट सिलगढी सारिएको बिजुली विभागको एउटा कार्यालय पनि शीघ्र नै कालेबुङमा नै सार्नको निम्ति मोर्चाले कार्य गरिरहेको छ अनि शीग्र नै कालेबुङमा यो कार्यालय सारिने छ। यस्ता धेरै वटा योजनाको नाम उल्लेख गर्दै अहिले जिल्लाभरि नै मोर्चाले विभिन्न क्षेत्रको विकासको कार्य शुरु गरिसकेको बताएका छन्‌। सोझै छुट्टै राज्य हुन नसकेको कारण नै सरकारको अनुरोधलाई मान्दै जीटीए ग्रहण गरिएको पनि जनताको निम्ति नै रहेको बताउँदै तिनले छुट्टै राज्य हुन अघि नै जनता सक्षम हुनुपर्ने बताए।

0 comments: on "आलोचना गर्नेले मोर्चाको उपलब्धी भुल्नु हुँदैन-भोटिया"