मुख्य समाचार :


माइनेरिटी फोरमद्वारा जूलुस र पथसभा ‘जीटीए ग्रहण गर्नु बाध्यता’

प्रज्ज्वल छेत्री
कालेबुङ,19 फरवरी।
गोजमुमोले जीटीएलाई 27 मार्चसम्म पर्खिरहेको भएपनि गोजमुमोकै भातृ सङ्गठनहरूले भने जीटीएलाई पटक्क पर्खन सकिरहेको छैन।


 जीटीए यथाशीघ्र गठनको मागमा युवा अनि नारी मोर्चाद्वारा शुरू गरिएको आइतबारे कार्यक्रममा आज जनमुक्ति माइनोरिटी फोरमले सहभागिता जनायो। सम्पूर्ण दोकानपाठहरू दिउँसो 11 बजेदेखि 1 बजीसम्म तीन घण्टाको निम्ति बन्द राखी  स्थानीय व्यापारीहरू पनि सडकमा ओर्लिए।  व्यापक नारीबाजी सहित माइनोरिटी फोरमको जुलूसले नगर परिक्रमा गरेपछि जुलूस डम्बरचोकमा आइपुगेर जनसभामा परिणत भयो। गोजमुमोले वी वान्ट जीटीए नभनेको बताउँदै गोर्खाल्याण्डको खुडकिलोको रूपमा जीटीए सरकारले दिएकोले वाध्यतावश मोर्चाले सम्झौता गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माइनोरिटी फोरमका सचिव डेण्डुप भोटियाले बताए। तिनले भने, आजको आन्दोलनमा होस्‌ अथवा अघिको आन्दोलनमा हामी माइनोरिटीहरूले पनि सँधै साथ दिँदै आइरहेका छौं। 86 मा 40 दिने बन्दमा पनि हामीले समर्थन दिएका हौं। तर माइनोरिटीमाथि अलि हेल्चेक्राइ भएजस्तो हामीलाई लाग्दैछ।

 भावी सन्तानकोे निम्ति गोर्खाल्याण्ड जरुरी छ। गोजमुमोले पहाडको विकास अनि गोर्खाल्याण्डको घडेरीको रूपमा जीटीएमा सम्झोता गर्‍यो तर सम्झौता भएको 7 महिना लागिसक्दा समेत जीटीए अस्तित्वमा आउन नसकेकोले राज्य र कोन्द्रले हामीलाई राम्रो गरिरहेको जस्तो लाग्दैन। तिनले  गोजमुमोले ल्याएको विश्वविद्यायय, इन्जिन्यरिङ कलेजहरूमा आफ्ना नानीहरू पढ्‌न पाउनुपर्ने बताउँदै गोर्खाल्याण्डको निम्ति माइनोरिटीहरू पनि एक हुन जरूरी रहेको बताए। अर्कोतिर युवा मोर्चा केन्द्रिय समिति सदस्य तोपदेन भोटियाले केेन्द्र र राज्यको झगडाकै कारण गोर्खाहरू सॉंडेको जुझाइमा बाछाको मिचाइ भइरहेको आरोप लगाए। विपक्षीका दलहरूको नाम नलिइकन तिनले कालेबुङमा भतुवा कुकुरहरूको रगरगी रहेको बताउँदै जनता यस्ता भतुवा कुकुरहरूदेखि होसियार रहनुपर्ने बताए। आन्दोलन भनेको 86 मात्र होइन भन्दै पहाडको विकास अनि मानव संशाधनको जगेडीसितै आन्दोलन गर्न चाहेकैले जीटीएमा हस्ताक्षर गर्नपरेको तिनले अवगत गराए। तर यहॉं मौकावादीहरूले आन्दोलनलाई विथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै गोजमुमो नअत्तालिकन गर्नपर्ने काम गर्दैजाने भोटियाले बताए।

 टास्क फोर्समा एक-दुइजना इमान्दार मानिसहरू रहेको भएपनि त्यही टास्क फोर्सभित्रै 22 वर्षसम्म पहाडमा राज गरेर जनताको हीतमा केही नगर्नेहरू पनि रहेको बताउँदै उनीहरू कसरी गोर्खाल्याण्ड मागिरहेछन्‌? प्रश्न तेर्साए। यसैले मानिसहरूमा चेतनाको विकास हुन जरुरी रहेको बताउँदै पत्रकारहरूले पनि सही ढङ्गमा समाचारहरू लेख्न पर्ने भोटियाले बताए।

0 comments: on "माइनेरिटी फोरमद्वारा जूलुस र पथसभा ‘जीटीए ग्रहण गर्नु बाध्यता’"