मुख्य समाचार :


जीटीए गठनको ढिल्याईमा केन्द्र सरकारनै दोषी - गोजमुमो

मिरिक,5 फरवरी।
जीटीए गठनमा भइरहेको ढिल्याईप्रति गोजमुमोले केन्द्र सरकारनै दोषी रहेको दाबी गरेको छ।

मोर्चाका केन्द्रिय महासचिव रोशन गिरीले आज सञ्चारकर्मीहरूसित कुराकानी गर्दै भने- जीटीए गठनबारे राज्य सरकारले गर्नेपर्ने कार्य र निभाउन पर्ने दायित्व निभाईसकेको छ तर अहिले बील केन्द्र सरकारको हातमा छ।

गिरीले केन्द्र सरकार आफै राज्य सरकार गोजमुमोसित सार्वजनिक तौरमा बसेर त्रिपक्षीय वार्तामा भाग लिएर सम्झौतामा सही गरे पनि यतिका महिना वित्दा समेत केन्द्र सरकारले चासो देखाउनाले गोजमुमो क्षुब्ध बनेको बताउँदै सरकारलाई जीटीए गठन गर्न मोर्चाले दबाव दिइरहेको र मोर्चाले आउँदो मार्च 27 सम्म पर्खने र त्यो दिनसम्म केन्द्र सरकारले सक्रियता नदेखाए आउँदो 17 अप्रेलको दिन सुकनमामा विराट जनसभाको आयोजना गरी गोर्खाल्याण्डको भावी आन्दोलनको घोषणा गर्ने चेताउनी दिए। यद्यपि, उक्त आन्दोलन पूर्णरूपले गणतान्त्रिक हुने दाबी गरे।

उनले एउटा प्रश्नको जवाब दिँदा भने, तराई डुवर्सको भू-भागबिना जीटीए सम्भव छैन। गिरिले पहिला जीटीए बनिन पर्ने र त्यसपछि मात्र जीटीए बनिनसक्ने विचार व्यक्त गरे। तराई डुवर्सका सम्पूर्ण जनता जोन बारलासित रहेको दावी गर्दै गिरीले जीटीए गठनपछि जीटीए बनिन्दा तराई डुवर्सका समग्र जनताले बारलालाई नै साथ दिनेछ भने। जीटीए गठनको निम्ति मोर्चा केन्द्र सरकारको निर्णयको पर्खाईमा रहेको गिरीले अघि बताए।

0 comments: on "जीटीए गठनको ढिल्याईमा केन्द्र सरकारनै दोषी - गोजमुमो"