मुख्य समाचार :


अग्निशमन विभागमा 21 जना कर्मचारीको पद खाली


अग्निकाण्डबाट कालेबुङ असुरक्षित रहेको विभागको दावी
प्रज्ज्वल छेत्री
कालेबुङ, 2 फरवरी।

कालेबुङ अग्निशमन विभागमा कर्मचारहरूको कूल 61 वटा पदहरू रहेको भएपनि विगत तीन वर्षदेखि नै विभागमा कर्मचरीहरूको संख्या घट्‌दो छ। जनसंख्याको आधारमा कर्मचरीहरूको संख्या अझ बढ्‌नपर्ने देखिएपनि पहिलेदेखि रहिआएकै पदमा समेत सरकारले नयॉं कर्ममचरीहरूलाई नियुक्ति दिएको छैन। हाल कालेबुङ अग्निशमन विभागमा हुनपर्ने पद 61 जनाको भएपनि मात्र 40 जनाले कार्य गरिरहेको छन्‌ भने कूल 21 जनाको पद आजम्म पूर्ण गरेको छैन। जसको कारणले कार्यलयमा दुइवटा  टर्नआउट राख्नुको सट्टा एउटाले नै काम चलाउन परिरहेको  विभागीय अधिकारी एस. सुब्बाले बताए। कुनै पनि आपतकालीन समयमा छुट्टीमा बसेका कर्मचरीहरूलाई बोलाएर अनि उच्च अधिकारीसम्मलाई अवगत गराएर नै कार्य टार्दै आइरहेको तिनले जनाए। अग्निशमन विभागमा रहेको रिक्त पदहरूमा  क्रमचारीहरू नियुक्ति गर्नुपर्ने सम्बन्धमा उच्च अधिकारी(डिभिजनल अफिसर) लाई पनि धेरपल्ट जनाइसेको भएपनि आजसम्म यी रिक्त पदहरू पूर्ण नभएको विभागीय अधिकारी एस. सुब्बाको भनाइ रहेको छ। तिनीअनुसार कालेबुङ अग्निशमन विभागमा स्टाफ अफिसर 3 जना, सब अफिसर 2 जना, लिडर 9 जना एफईडी 9 जना, एफओ 36 जना सुइपर 1 जना अनि सीसीए 1 जना गरी कूल 61 जना कर्मचरीहरूको पद रहेको छ। जबकी हाल अफिसर 2 जना, लिडर 8 जना एफईडी 6 जना एफओ 22 जना, सीसीए 1 जना अनि स्ुइपर 1 जना गरी मोठ 40 जना क्रमचारीहरू अग्निशमन विभागमा कार्यरत छन्‌। अफिसर 3 जना लिडर 1 जना, ड्राइभर 3 जना अनि फाइर ओपरेटर 14 जना गरी 21 जनाको पद आजसम्म खाली राख्नुले पहाडवासीको निम्ति विभागीय उदासिनता स्पष्ट झल्कन्छ। यसबाहेक पनि आपतकालीन समयको निम्ति अग्निशमन विभगामा भरपूर पानीसम्म नभएको थाहा लागको छ। पीएचई विभगाले राखिदिएको कन्या उच्चतर विद्यालय नजिक रहेको 27 हजार ग्यालय पानी अँट्‌ने ट्याङ्‌की हाइड्रेन सिस्टम व्यवस्थित नभएको कारण काम नलाग्ने अवस्था छ भने केवल सिल्भर अक्समा रहेको 25 हजार ग्यालन लिटर पानीले मात्र विभागले काम चलाउन परिरहेकोे बताइएको छ। जबकी यस्ता ट्याङ्‌कीहरू नगरमा 12 वटा भन्दा अघिक हुनपर्ने कालेबुङ अग्निशमन विभागले जनाइसकेको भएपनि आजसम्म कुनै पहल नगरेको विभागको आरोप छ। यसरी नै सुब्बाले कालेबुङ नगर अग्निकाण्डहरूबाट असुरक्षित रहेको दावी गर्दै भने, आपकलानी समयमा अप्नाउनुपर्ने सक्रियतलाई लिएर विभागीय भ्रमणमा थाला लागेअनुसार कालेबुङको 90 प्रतिशत दोकानहरूमा फायर एक्सटिङ्गुजर  छैन, अस्पतालहरूको अवस्था त्यस्तै छ। होटल अनि रेस्टुरेन्टहरूले बढी सतर्कता अप्नाउन जरुरी छ। जहॉं 24 घण्टा आगो जल्छ त्यहॉंसम्म फायर एक्सटिङ्गुजर नराखिनु कालेबङ खरतादेखि खाली छैन। आपतकालीन समयमा अग्निशन विभागले मात्र होइन त्यसभन्दा अघि नै जनसाधरण सचेत हुनुपर्ने अनिवार्यता रहेको तिनले बताए।  अहिले प्रत्यकको घरमा नै ग्यास चुला रहेकोले विशेष सतर्कता अप्नाउनुपर्ने पनि तिनले सुझाउ राखे।

0 comments: on "अग्निशमन विभागमा 21 जना कर्मचारीको पद खाली"