मुख्य समाचार :


एसआरसी गठनअघि नै गोर्खाल्याण्ड बनिनुपर्ने अभागोलिको टेक

‘मोर्चाको आन्दोलन नाटकबाजी’
प्रज्ज्वल छेत्री
कालेबुङ, 2 फरवरी।
प्रताप खाती
मार्च महिनामा देशमा राज्य पुनर्गठन आयोग बनिसक्ने सम्भावनाहरू अघि आएपछि पहाडका विभिन्न दलहरूबाट विविध प्रतिक्रियाहरू आउन शुरू गरेको छ। एकातिर टास्क फोर्सले  राज्य पुनर्गठन आयोग बनिँदा गोर्खाल्याण्डको नाम छोडिए जीटीए माग्ने दल जिम्मेवार हुने बताइरहेको छ भने अर्कोतिर मोर्चाले भने आयोग बनिए जीटीए मारागोली भनेको छ। यस्तो अवस्थामा आज अखिल भारतीय गोर्खा लीगले भने यी दलहरूको तुलनामा छुट्टै प्रतिक्रिया व्यक्त गरेको छ। देशमा एसआरसी लागु हुनअघि नै छुट्टै राज्य गोर्खाल्याण्ड हुनपर्ने गोर्खालीगको टेक रहेको छ।
2002 सालमा भारतमा तीनवटा राज्यहरू बनिँदा एसआसरीको आवश्यता नरहेको बताउँदै अभागोली केन्द्रिय महासचिव प्रताप खातीले गोर्खाहरूले एसआरसी पर्खिबस्नु नहुने बताए। ‘उत्तर प्रदेशको विधानसभा चुनाउलाई लिएर एसआरसीको कुरा उठेको हो। उत्तर प्रदेशमा एसआरसी देखाएर राजनीति हुँदैछ। सोनिया अनि राहुल गान्धीले एसआरसीको कुरा गरेको भए केही महत्वपूर्ण मान्न सकिने थियो।  तरैपनि एसआरसी बनिएर पनि रिपोर्ट बुझाउन 10 वर्ष लागे के त्यतिञ्जेलसम्म हामी गोर्खाहरू एसआरसी लाई नै पर्खिबस्नु?’ खातीले प्रश्न तेर्साए। यदि एसआरसी सॉंच्चै गठन भएर गोर्खाल्याण्ड छोडिए यसको पूर्ण जिम्मेवार जीटीए थाप्ने दल नै हुने टाक्स फोर्सजस्तै गोर्खालीगपनि पनि बताएको छ।
1955 सालमा एम. ए. फैजल अलीको नेतृत्वमा तयार भएको प्रथम एसआरसी रिपोर्टअनुसार राज्यमा हुनपर्ने जम्मै क्राइटेरीयाहरू गोर्खाल्याण्ड क्षेत्रमा रहेको खातीले दावी गरे। राज्य गठन प्रक्रियामा भाषा, संकृति, राष्ट्रिय सुरक्षा, आर्थिक सम्पन्नता, प्रशासनिक व्यवस्था आदिलाई पहिलो एसआरसीले प्राथमिकता दिएको बताउँदै यी जम्मै पूर्वाधारहरू एसआसरीको पहिलो सत्रमा नै गोर्खाल्याण्डको निम्ति पूर्ण भइसकेको बताए। यद्यपि बङ्गालको षढ्यन्त्रको कारण गोर्खाहरूलाई जात-जातमा विभाजन गरेर गोर्खाल्याण्ड हुन नदिने चलखेल भएको खातीले आरोप लगाए।
यसैअवधी तिनले जीटीए ढिलाएको कारण मोर्चाले शुरू गर्ने भनिएको आन्दोलन केवल नाटकबाजी मात्र रहेको बताए।   गोर्खाल्याण्डको आन्दोलनलाई दबाएर राख्न नै बङ्गालले एकपछि अर्को गर्दै काउण्टर लिडरहरू जन्माउने गरेको पनि खातीले आरोप लगाए। छैटौैं अनुसूचिमा हस्ताक्षर भएपछि घिसिङको ठाउँमा विमल गरुङलाई जन्माएको अनि अहिले फेरि छत्रलाई उक्साएरहेको खातीले आरोप रहेको छ।

0 comments: on "एसआरसी गठनअघि नै गोर्खाल्याण्ड बनिनुपर्ने अभागोलिको टेक"