मुख्य समाचार :


जीटीएमा लागे मुद्दा सयवर्ष पछाडिनेछ- हिल कंग्रेस

कालेबुङ,20 जनवरी।
चारवटा चुनाउलाई ताकेर कंग्रेसले दोस्रो राज्य पुनर्गठन आयोगको गोटी चालिरहेको कुरा छुट्टै राज्य गोर्खाल्याण्ड पक्षधरहरूको निम्ति छुट्टै राज्यको निम्ति नै एक हुने राम्रो अवसर रहेको हील कंग्रेसले बताएको छ।
 दिलिप प्रधान,हिल कंग्रेस महासचिव

हिल कंग्रेसका महासचिव दिलिप प्रधान अनुसार कंग्रेसले उत्तर प्रदेश अनि तेलङ्गनाको समस्यालाई ध्यानमा राखेर दोस्रो राज्य पुनगर्ठन आयोग बसाउने प्रस्ताव ल्याउनेे तर्खर गरिरहेको छ। यस्तो अवस्थामा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा पनि समाधान गरिनुपर्ने सम्बन्धमा कंग्रेसलाई चाप दिनको निम्ति पहाडका राजनैतिक दलहरू एक हुन अनिवार्य छ। प्रधानले भने, कंग्रेसले तेलङ्गना अनि उत्तरप्रदेशमा चारवटा राज्य बनाउने मायावतीको विचारलाई ध्यानमा राखेर दोस्रो राज्य पुनर्गठन आयोग बसाउने कुरा सोचिरहेको छ। पहाडका दलहरूले यसको फाइदा उठाउनु सक्नुपर्छ। यदि छुट्टै राज्य नै चहान्छन्‌ भने दलहरू अहिले छुट्टै राज्यको निम्ति एक हुन अनिवार्य छ। तिनले मोर्चाले जिताएर पठाएका सासंद जसवन्त सिंहको कुरा उठाउँदै भने, सासंद जसवन्त सिंहले भनिसकेका छन्‌, जीटीए छुट्टैराज्यको मार्गमा बाधा हो।
 छुट्टै राज्य हुनु हो भने जीटीएको सम्झौता रद्द गरिनुपर्छ। प्रधान अनुसार सांसद जसवन्त सिंहले केन्द्रको सोंच र दार्जीलिङको समस्याको समाधानको निम्ति सम्झौता गरिएको जीटीएको कारण दोस्रो राज्य पुनगर्ठन आयोग बसे छुट्टै राज्यको मुद्दा छोडिने कुरा बुझेका छन्‌। तिनले भने, हिल कंग्रेसले यदि छुट्टै राज्य सम्भव छैन भने युनियन टेरिटोरीसम्म हुनुपर्छ भनेर आवाज उठाएको हो। युनियन टेरिटोरीपछि राज्य गठन हुन समय लाग्दैन। तर हिल कंग्रेसको यस मागलाई जनता अनि अन्य दलहरूले सहयोग गरेन। अहिले जीटीएलाई नै भारतभरिका गोर्खाहरूको समस्याको समाधान बताउने कार्य भइरहेको छ। तिनले अझ भने, केन्द्रिय गृहमन्त्री पी. चिदम्बरमसित हिल कंग्रेसले युटीको कुरा गर्दा तिनले जनसमर्थन लिएर आउने कुरा गरेका थिए तर जनताले युटीको कुरालाई मन पराएन।
 अहिले यही जीटीए सासंद जसवन्त सिंहको कुरा अनुसार छुट्टै राज्यको बाधक बनेको छ। तिनले यस्तो अवस्थामा कंग्रेसले दोस्रो राज्य पुनर्गठन आयोग बसाउने कुराको फाइदा उठाउँदै छुट्टै राज्यपन्थीहरूले एक भएर आवाज उठाउनुपर्छ। तिनले भने, यस्तो अवस्थामा पनि जीटीएमा लागे छुट्टै राज्यको मुद्दा सयवर्ष पछि पर्नेछ।

0 comments: on "जीटीएमा लागे मुद्दा सयवर्ष पछाडिनेछ- हिल कंग्रेस"